समरजंग कम्पनी, सिंहनाथ गण र हनुमानदल कम्पनी खडा हुनुका कारणहरु

पृथ्वीनारायण शाहका पालादेखि नेपालमा बृटिस ईष्ट ईण्डिया कम्पनीको ढाँचामा सैनिक कम्पनी खडा गर्न थालिएको थियो । कान्तिपुरका राजा जयप्रकाश मल्लका सेनामा ५० नाल बनदुक हुंदा गोर्खाराज्यमा १ नाल बन्दुक समेत थिएन । नुवाकोट माथि पहिलो आक्रमण गर्दा पृथ्वीनारायण शाहले क्कर पाएको हुंदा वनारस पुगी पत्थर कला बनाउने तिन मुसलमान लिएर गोर्खा आएपछि बन्दुक बन्न थालेको थियो । त्यस भन्दा अगाडिका शस्त्र: खुंडा, तरवार, खुकुरी र अस्त्रमा: माला र धनुष-कांड मात्र थिए । पहिले पहिले एक दुई वटा ुला ुला तामाका तोप भएपनि सोभाका लागि मात्र राखिएको जस्ता थिए । पछि बहादुर शाहको पालामा नेपाली सेनालाई नयाँ रुप दिईयो । सिपाहीले अनुशासनमा रहनु पर्ने कुरा सिकाईयो । बाईसे चौविसे राज्यमाथी आक्रमण गर्दा पश्चिमी एकिकरणमा नेपाली सेना राम्ररी युद्ध गर्न सक्ने भई सकेको थियो । उनिहरुलाई पौडी खेल्न भिर खोल्सा तर्न, रुख चढ्न, लहराबाट पारी जान, घोडा चढ्न र छापामार (गुरिल्ला) युद्ध गर्न सिकाईएको थियो । त्यसरी तालिम दिदा दु:ख कष्ट निकै हुनाले सिपाही बन्न क िन ानिन्थ्यो । सिपाही बनेपछि निशान स्वरुप चप्रास दिईन्थ्यो । त्यो एक प्रकारको निशान जस्तो हुन्थ्यो । रण बहादुर शाहको पालामा चप्रासी सेना निकै थिए ।

वि.सं. १८५३ (सन् १७९६) मा आफ्ना काका राजकुमार बहादुर शाहबाट आफ्ना हातमा शक्ति लिन राजा रण बहादुर शाहले सम्मरजंग कम्पनीको स्थापना गरेका थिए । अरु पल्टन काका प्रति बफादार ानी उक्त कम्पनी खडा गरेकाले त्यो कम्पनी आफ्नो स्वामी राजा रणबहादुर प्रति निकै बफादार थियो । वनारसबाट रणबहादुर शाह फर्केपछि भिमसेन थापाको अभ्युदय भएको हुनाले र नेपालको सिमाना पछि गएर निकै बढेको हुनाले पनि सेनाको संख्या पनि थप्नु पर्ने भएको थियो । नेपालको एकिकरण भईरहेको बेलामा राजा रण बहादुर शाहको हत्या भयो । रण बहादुर मरेता पनि भिमसेन थापा शक्तिशाली हुनाले सम्मरजंग कम्पनी मार्फत भिमसेन थापाले स्वामी भक्ती दर्शाएर यहि कम्पनी मार्फत हत्यारा समूहको निर्मूल पारे । रण बहादुर शाहकी कान्छी रानीलाई सति नप ाई उनै कान्छि रानी ललितत्रिपुरा सुन्दरी देवी आफ्नो भाई नयनसिंह थापाको छोरी भतिजी भएकीले उनैलाई नायव बनाईयो । नायव महारनी ललितत्रिपुरा सुन्दरीलाई हनुमान ढोका राजदरवारमा श्री ५ गीर्वाणयुद्धको रेखदेख गर्नका लागि 
राखियो । उनी पनि १८ बर्षिय वाल विधुवा हुनाले उनको रेखदेखको आवश्यकता पर्र्यो । आफ्ना विरोधीहरुलाई एकैपटक सखाप पारेका भिमसेन थापाले पछि पनि सम्मरजंग कम्पनि आफु प्रति बफादार रहोस भनि आफ्ना कान्छा भाई रणविर सिंह थापालाई त्यसको सेनापति बनाए । साथै आफ्ना साहिला भाई बख्तावरसिंह थापालाई नायव ललितत्रिपुरा सुन्दरी देवीको रेखदेख गर्न खटाए । श्री ५ र राजपरिवार अनि नायव र उनका सुसारेहरुको फरम्यास पुरा गर्नको लागि केहि मानिसहरु चाहिएको हुंदा काजि बख्तावरसिंह थापाको मातहत एउटा अर्को ढुकुटी पनि तयार पारियो । किनभने त्यस भन्दा अघि दरवारको रेखदेख गरि आएका सम्मरजंग कम्पनीको ढुकुडी एकिकरण युद्धमा कांगडामा सेना अपुग भएको हुनाले त्यसतिर प ाईएको थियो ।

श्री ५ गीर्वाणयुद्धका महारानीहरु युवती भएपछि ललितत्रिपुरा सुन्दरीको रेखदेख गर्नको लागि खट्टिएका वख्तारवरसिंह थापाको ती महारानीहरु संग सम्पर्क बढ्यो । राजा वयस्क भएपछि भिमसेन थालाले शासनभार राजालाई दिनु पर्ने थियो । काजी बख्तावरसिंह थापालाई श्री ५ गोर्वाणकी महारानीलर् हातमा लिई भिमसेन थापा विरुद्ध गोप्य रुपमा उचाल्न थालिन् । वख्तावरसिंह थापा पनि महत्वाकांक्षी भएकाले दाजु विरुद्ध मुख्तियार बन्ने सपना देख्न थाले । वख्तावरसिंहले भिमसेन थापाको पक्षमा रहेको सम्मरजंग कम्पनीलाई साधन बनाउन तिर लागे । त्यतिबेला तिर नै नेपाल-कम्पनी युद्ध भयो र नेपाल सुगौली सन्धी गर्न बाध्य भयो । सन्धिपछि बख्तावरसिंह थापा र महारानीको भावि षडयन्त्र बारे भिमसेन थापालाई जानकारी प्राप्त भयो । त्यसकारणले उनले बख्तावरसिंहलाई नुवाकोट पुर्र्याई नजरबन्द गराए । एकाएक बिफरको प्रकोपले श्री ५ गीर्वाणयुद्धको असामयिक निधन भयो । उनकी जे ी महारानी सिद्धिराज्यलक्ष्मी देवी सती गईन र कान्छी महारानी गोरक्षराज्य लक्ष्मीदेवीको पनि पतिको निधन भएको १४ औ 
दिनमा बिफरले गर्दा निधन भयो । बख्तावर सिंहको महत्वाकांक्षा पुरा हुन सकेन । उनको मातहतमा रहेको सम्मरजंग कम्पनी भिमसेन थापाको विरुद्धमा लागेकोले त्यसको दण्ड स्वरुप सो कम्पनिलाई दरवारबाट झिकी जेलखानाको पालो पहरा गर्ने, नेल गलफन्दी लगाईएका कैदीहरुलाई ाउसारी गर्ने काममा खटाईयो । त्यो कम्पनीलाई अरु सरहको शनिवारको बिदा पनि कटाइयो र उक्त कम्पनीको झण्डा र निशानलाई जमिनतिर झुकाउन लगाईयो । अहिलेसम्म पनि समरजंग कम्पनीको निशानलाई जमिनतर्फ सुताएर राखिन्छ भने यो कम्पनीको निशान का माण्डौको भोटाहिटीको मुखैमा भएको घरमा छ । यस गुल्मको कसैलाई पनि नेपाली सेनाको अन्य फौज सरहको बर्दि (Uniform) लगाउन दिईएको छैन । तर इतिहासलाई केलाउंदा यस गुल्मले शाही पार्श्ववर्ती र शाही रक्षकको भुमिका निभाएको र नेपाल एकिकरण युद्धमा समेत भाग लिएकोले यसलाई अन्य पल्टन सरह नेपाली सेनाले सम्मान गर्नु पर्दछ ।

भिमसेन थापालाई सम्मरजंग कम्पनीले साथ नदिएपछि रण बहादुर शाले स्थापना गरेको सम्मरजंग कम्पनी जस्तै उनले आफ्नो बफादार सैनिक टुकडी खडा गर्ने उद्धेश्यले (वि.सं. १९९२) मा भिमसेन थापाले) आफ्नो शक्ति यथावत राख्न र ललितत्रिपुरा सुन्दरीको निधनले गर्दा आधात भएको उनको शक्ति र्र्हास हुन नदिनको निमित्त एउटा पल्टन खडा हुने भयो। सो कामको लागि दरवारमा आफ्नो पकड कम हदै गएको अवस्थामा आफ्नो शक्ति ससक्त बनाई राख्न आफ्नै भतिजा माथवरसिंह थापाको मातहतमा सिंहनाथ पल्टनको ग न गरी माथवरसिंह थापार्ला छोटा जर्नेल बनाए। सिंहनाद (सिंहनाथ) पल्टन भिमसेन थापाको सुरक्षा र उनको विश्वासमा काम लगाउन खडा गरिएको थियो।

वि.सं. १९९० (सन् १८३३) मा भएको ूलो भुकम्पले गर्दा उपत्यकामा निकै धनजनको क्षति भएको, अनि बज्र परि िमीको बारुदखानामा २७ जनाको प्राण गएको जस्ता प्राकृतिक प्रकोपले घटेका यी घटनालाई उनका विरोधीहरुले आधार बनाई भिमसेन थापाको योग्यता र शासन अफाप भएको दोषारोपण साथ प्रचार प्रसार गर्दै गरेकाले तत्कालिन धर्मभिरु जनतामाथी प्रभाव पर्न गएको थियो। राजा राजेन्द्र, जे ी महारानी साम्राज्य लक्ष्मीदेवी दुवै आ आफ्नो स्वार्थ पुरा गर्नको लागि उनि विरुद्ध सक्रिय भए। आफ्नो सुरर्क्षाथ सैनिक सुदृढिकरण गर्ने क्रममा वि.सं. १८९० (सन् १८३३) मै उनले खडा गरेको सिंहनाथ पल्टनमा तैनाथवाल (कमाण्डर) उनका भतिजा माथवर सिंह थापा नियुक्त गरेका थिए र उनलाई सो पल्टनसाथ गोर्खा प ाईएको थियो। भिमसेन थापाको यो कार्यबाट शसंकित भएका उनका विरोधीहरुले उक्त कार्य कुन नियतले गरेको हो भनि प्रचार प्रसार गर्न थाले। 
यसरी भिमसेन थापाले अपनाएका सैनिक विस्तारका आधारमा शासन चलाउने तथा लम्ब्याउने उनको मनाबृद्धिले गर्दा पनि राज्यको आर्थिक व्यवहार बढ्नुको सार्थ आफ्नो शासन सत्ता जोगाउन उनले दल ग न गरेको र त्यसको नायक आफ्ना भतिजालाई बनाईएकोमा दरवार र उनका विरोधीहरुको अतिरिक्त उनका सहोदर भाई रणविरसिंह थापालाइ पनि मन परेको थिएन। तसर्थ मुख्तियार काम छाडि राज्यभार युवा राजालाई सुम्पिने सल्लाह पनि दिएका थिए। 
माथी उल्लेख भए झैं वि.सं. १८८९ (सन् १८३३) मा भिमसेन थापाले षड्यन्त्रकारहरुको षड्यन्त्र विफल पार्न सिंहनाथ पल्टनको ग न गरेका थिए। जसको प्रयोग षड्यन्त्रकारीहरुको विरुद्धमा गर्नु थियो। तर वि.सं. १८९२ (सन् १८३६) मा पनती भयो र माथवरसिंह थापाको सिंहनाथ पल्टन रणजंग पाँडेको मातहतमा पुग्यो। यसरी भिमसेन थापाले षड्यन्त्रकारीहरुको षड्यन्त्र विफल पार्न भनि खडा गरिएको सिंहनाद (सिंहनाथ) नामको नयाँ पल्टन रणजंग पाँडेको अधिनमा पारिएपछि वि.सं. १८९४ (सन् १८३७ को जुलाई) को दोश्रो पजनीमा भिमसेन थापाको फौजी अधिकारको हरण भयो। जनरल कट्टा भई उनि अब मुख्तियार पदमा मात्र रहेका थिए।

वि.सं. १९९३ (सन् १९३६) को र वि.सं. १८९४ (सन् १९३७ को जुलाई) को पजनीमा भिमसेन थापाको सट्टा पाँडेलाई प्राथमिता दिएर उनलाई असहाय, असुरक्षित पार्नुको तात्पर्य उनको अधोगति गराउन सिवाय अरु केहि थिएन। अब उनलाई मुख्तियारीबाट अपदस्त गर्नु मात्र बाँकी थियो। ६ महिने शिशु अधिराजकुमार श्री ५ देवेन्द्र विरामी भई असमायिक निधन भएकोलाई षड्यन्त्रको रुपमा झु ा विषारोपण गराएर भिमसेन थापाले मार्न लगाएको भनि आरोप लगाईयो। त्यसै आरोपमा उनलाई जेलनेल गरियो। यो एक कपोल कल्पित षड्यन्त्र उनलाई मुख्तियारबाट अपदस्त गर्ने विरोधीहरुको बहाना मात्र थियो। यसरी आफ्नो सुरक्षार्थ भिमसेन थापाले वि.सं. १८८९ (सन् १८३३) मै ग न गरेका सिंहनाद (सिंहनाथ) बटालियन माथवरसिंह थापा बाट रणजंग पाँडेमा निहित पारेको र नवजात शिशु देवेन्द्रको विरामीले भएको असामयिक निधनलाई बिषारोपन गराएको भनि भिमसेन माथि आरोप लगाएको देखिन्छ। राजनतिक अवसान त्यसरी दयनीय हुंदा पनि आफ्नो लागि भिमसेन थापाले खडा गरेको सिंहनाथ पल्टनले कुने पनि आक्रोश वा प्रतिक्रिया अभिव्यक्त गरेन र उक्त पल्टनको कुनै उपयोग भिमसेन थापाले गर्न पाएनन्। सिधा भाषामा भन्नु पर्दा सिंहनाथ पल्टन भिमसेन थापाले आफ्नो राजनैतिक उद्धेश्य पुरा गर्न खडा गरेका थिए।

वि.सं. १८८९ (सन् १८३३) फेब्ररीमा भएका पजनीको दौरानमा दरवार र रेजिडेन्सी (बेलायती दुतावास, लैनचउर) बाट भएका राजनैतिक क्रियाकलापको असर नेपालको राजनीति र भिमसेन थापा माथि पर्‍यो। यसबाट प्रभावित पल्टन र अन्य भारदारहरुले सन १८३३ र यसपछि सन १८३४ का पजनीमा पनि मुख्तीयार भिमसेन थापाले भाई रणविरसिंह थापा, भतिजा माथवरसिंह थापा, धर्मपुत्र शेरजंग थापालाई पद रोज्न लगाएको कार्यको असन्तोष व्यक्त गर्नुको साथै उनिहरुले निकै विरोध गरेका थिए। त्यसो गर्नु स्वभाविक थियो। तर पहिले भएका पजनीहरुमा पनि भिमसेन थापाबाट शासन चलाउन आफ्नो दल संग ित गर्न प्रयास नभएका होईनन्। जसमा कसैले केहि बोल्न साहस गर्ने गरेका थिएनन्। दरवार तथा रेजिडेन्सीका क्रियाकलापले गर्दा उनले आन्तरिक तथा बैदेशिक सर्न्दभबाट सचेत र सुरक्षित रहन प्रबन्ध गरे । भिमसेन थापाले आन्तरिक आपत्ति आईपरेमा पनि प्रयोग गर्न पनि सिंहनाथ पल्टन ग न गरेका थिए।

यथार्थतः भिमसेन थापाले आफ्ना भाई नयनसिंह थापाका छोरा एवं नायवी महारनी ललितत्रिपुरा सुन्दरीदेवीकै भाई माथवरसिंह थापालाई निकै विश्वासी देखेका थिए। उनि प्रतिभाशाली योग्य सैन्य अफिसर थिए। तसर्थ भिमसेन थापा उनिबाट प्रभावित थिए र उनिमाथी भर परेका थिए। त्यस्तै माथवरसिंह थापा सेनामा पनि अति प्रिय रहेकाले उनको प्रभाव बारे भिमसेन थापाका साथै राजा राजेन्द्रले राम्ररी बुझेका थिए। माथवरसिंह थापाले पनि काका रणविरसिंह थापालाई दरवारमुदी भएर ुलोबुबा (काका) मुख्तीयार भिमसेन थापाको विरुद्ध लागेकोमा उनको विरोध गरेका थिए। यहाँ सम्म कि राजा राजेन्द्र र जे ी महारानी साम्राज्य लक्ष्मी देवी संग उनको बढि सम्पर्क एवं महत्वाकाक्षां बारे आभास पाए पछि दुवै माथवरसिंह थापा र रणविरसिंह थापा बिच झैं झगडा र विवाद भयो। ति दुवै रणविरसिंह र माथवरसिंहले रिसाएर जागिर छाडेकाले भिमसेन थापालाई निकै अप् ्यारो पर्न स्वभाविक थियो। दरवार प्रतिकुल हुदै गएको बेला पारिवारीक झै झगडा र संघर्षले भिमसेन थापा समस्या ग्रस्त एवं एक्ला भएका थिए। अब दरवार प्रतिकुल भईसकेको हुंदा विरोधीहरुको सक्रियता र एकताले उनको राजनैतिक अवशान जसरी भएपनि गराउने तर्फ उनिहरु लागेका थिए। उनलाई शक्तिहिन बनाउन उनका भतिजा माथवरसिंह थापाको स्थानमा उनका प्रवल शत्रु रणजंग पाँडेलाई नियुक्त गरी भिमसेन थापाले ग न गरेको सिंहनाद पल्टनलाई आफ्नो अधिनमा पारे। दरवारले आफ्ना विस्वासी अनुयायीहरुलाई समेटेर पहिलाको समरजंग कम्पनी जस्तै नयाँ हनुमानदल नामको पल्टन ग न गरेपछि वि.सं. १८९४ (सन् १८३७) को त्यस पजनीमा भिमसेन थापाका विरोधीहरुलाई प्रमुख दिईयो। शेष रहेका शक्तिविहिन भिमसेनलाई उनको मुख्तियार पद विरुद्ध कपोकल्पित आधार छ महिने शिशु राजकुमार देवेन्द्रको असामयिक निधनलाई भिमसेनले बिषारोपण गरेको भन्ने अभियोग लगाउदै उनलाई र उनका नातेदारहरुलाई पनि दरवारले भरखर खडा भएको हनुमानदल द्वारा नै नेल ोकी जेल चलान गराउन लगाइयो। यसरी दरवार प्रतिकुल भएकाले उनका विरोधीहरुलृ उनलाई पदच्युत गराई उनको राजनैतिक अवशान गराउन सफल भए। समरजंग कम्पनी (पल्टन) राजा रण बहादुर शाहको र सिंहनाथ पल्टन भिमसेन थापाको विश्वासिला व्यक्तिहरुबाट खडा भएका हुन भने हनुमानदल राजदरवारको पक्ष र भिमसेन थापालाई पतन गराई कारवाहि गर्न शक्तिको रुपमा खडा गरिएको थियो ।