History of Makawanpur Gadhi

मकवानपुर गढी

प्र.से. प्रेमसिंह बस्न्यात

१. मकवानपुर जिल्लाको मकवानपुर गढी गा.वि.स. वडा नं. ३ को गढी गाउमा रहेको यो गढी बाइसे–चौबिसे राज्यकालमा सेन राजको राजधानी थियो । १७ ­औ शताब्दिमा राजा तुला सेनले बनाएको यो किल्ला (CASTLE) नरवीर महत भन्ने वास्तुविदको योजना मुताविक तयार भएको थियो । कान्तिराज पथको छेउमा र सामरिक महत्वको जमिनमा खण्डहरुको रुपमा रहेकाे यस किल्लाको MILITARY AND HISTORICAL VALUE अद्यपि महत्वपूर्ण छ ।

२. यो किल्ला (CASTLE) सैनिक महत्वले मात्र बनेको नभै राजा, राज परिवार सुरक्षा अंग, देवस्थलहरु समेत भित्र रहने गरी बनाईएको थियो । यस किल्ला रुपी दरवारलाई सुरक्षा कवच (SECURITY DEPTH)  दिन यसको उत्तर पुर्वी हातामा चीसापानी गढी, हरिहरपुर गढी, पौवा गढी (आडा) , ढुङ्गे गढी, मुलगढी, भोटे कोट डढुवा गढी, जुंगे दरवार आदि गढीहरु बनाईएका थिए । त्यस बखतको राजाहरुमा सैन्य शक्ति प्रर्दशन गर्नु भनेको गढीहरु निर्माण हुनु नै थियो । नेपाल अंग्रेज युद्ध हुनु पूर्वसम्म नेपाल अधिराज्यमा रहेका गढीहरुको अवस्था राम्रो थियो । पछि गएर श्री ५ को सरकारको ध्यान नपुग्दा क्रमिक रुपमा यी गढी भत्किए–नासीए र ऐले त लोप नै भैसकेका छन् ।

 

सैनिक महत्व

नेपाल एकिकरणः

३. श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले गरीबक्सेको नेपाल एकिकरणको सिलसिलामा कमवानपुर सेन राज्य पनि नेपालमा गाभियो । वास्तवमा मकवानपुर राज घरान पृथ्वी नारायण शाहको ससुराली थियो । मौसुफको जे ान राजा दिग्वन्धन सेन राजा भएको वेला सन् १७६३ को ३१ अगष्टको मीर्मीरे उज्यालोमा गोर्खाली सेनाले यो राज्य कब्जा गरे । बडा महाराजाधिराज दशचोकमा राज भै मौसुफकै योजना अनुसार आफ्ना भाईहरु महोदम किर्ती शाह, सुर प्रताप शाह, दलमर्दन शाह तथा भारदारहरु कांजी केहरसिंह बस्न्यात, काजी नाहरसिंह बस्न्यात, काजी अभिमानसिंह बस्न्यात तथा काजी बंसराज पाण्डेको जिम्मामा करीब ११०० फौजले उक्त गढीमाथी हमला गरी विजय प्राप्त गरे । राजा दिग्वन्धन सेन र उनका मन्त्री कनक निधि बानीया त्यहाँबाट भागेर १ दिनको बाटो टाढा पुर्वमा रहेको हरिहरपुर गढीमा गएर बसे । का माण्डौ उपत्यका एकिकरण हुनु भन्दा पहिला यो राज्य जित्न सकीएकोले गोर्खा राज्यलाई अन्य एकिकरण युद्धहरुमा ुलो सहयोग पुगेको थियो ।

 

मीर कासीमको फौज बिरुद्धको सैनिक कारवाही

४. एकिकरण षुद्ध विफल पार्न थुप्रै चौबीसे राजाहरु ग बन्धनमा लागेका थिए । त्यसमा पनि हार्ने राजाहरु अतिनै सक्रिय रहे । त्यही सिलसिलामा मकवानपुरे राजा मकवानपुर गढीको युद्धमा हारेर हरीहरपुर गढी पुगे । त्यको केही महिना पछि गोर्खाली सेनाले हरीहरपुर गढीमा पनि हमला गरि कब्जा गरे र राजा दिग्वन्धन सेन आफ्ना मन्त्री कनक नीधि सहित भागेर भारतको खुंडाघाट पुगे । त्यसपछि उनीहरुले भारतीय राजा रजौटालाई उचालेर मकवानपुर राज्य फिर्ता गर्ने प्रयत्न गर्न थाले । यही कुटनैतिक चाल अनुसार तत्कालीन बंगालको नवाव मीर कासीमलाई उचालेर उनको सेनापति गुर्गिन खांको नेतृत्वमा विभिन्न हात हतियार सहित करिव २५०० फौज मकवानपुर राज्य गोर्खालीको हातबाट फिर्ता गरि दिने शर्तमा अगाडी बढे । यसको मुख्य उध्देश्य थिएः

क. मकवानपुर राज्य सेन राजालाई फिर्ता दिन सकेमा सो राज्य बंगालको आदेशमा चल्ने र आम्दानीको ूलो हिस्सा नवावलाई प्राप्त हुने ।

ख. नबाब अंग्रेजको कट्टर विरोधी भएकाले अंग्रेजविरुद्ध लड्न ूलो फौज जम्मा गरेका थिए । तसर्थ ति फौजको Fighting Ability  परिक्षण गर्नको लागि नाम कहलिएका गोर्खाली फौज बिरुद्ध लड्न प ाउनु ।

 

५. गोर्खाली फौजको नेतृत्व राजपरिवारकै सदस्य सर्दार नन्दु शाहले गरी करिव ४०० फौजसहित मकवानपुर गढीमा बसेका थिए । १२ जनवरी १७६३ मा नवावको फौजले डढुवा गढीमा पहिलो हमला गरि कब्जा जमायो । गोर्खाली भन्दा नबाबकै सेना हात हतियार तथा संख्यात्मक हिसावले पनि बढी श्रेष् थिए । यो खतरनाक परिस्थितीमा पृथ्वी नारायण शाहले दहचोकबाट कांजी नाहरसिंह बस्न्यात र कांजी बंसराज पाण्डेको नेतृत्वमा थप ७०० जना जति फौज प ाए । अब तीन जना सेनापतिको नेतृत्वमा ३ वटा दिशाबाट Multi Directional Spoiling Attack  हुने निर्णय भै २० जनवरी १७६३ को रातमा निम्नानुसार हमला भयोः

क. सर्दार नन्दु शाहको नेतृत्वमा वैरीको अगाडीबाट हमला

ख. काजी नाहरसिंह बस्न्यातको नेतृत्वमा पुरानो मकवानपुर गढी नेरबाट Uphill Attack

ग. काजी बंशराज पाँडेको नेतृत्वमा ताप्लाखरको छेउमा Downhill Attack

 

६. यस लडाईले बैरीलाई ूलो क्षति पुर्र्यायो । करिव १७०० बंगाली फौज मारीए भने बाँचेकाहरु भागा भाग गरे । २ वटा तोप र ४०० नाल भन्दा बढी राइफलहरु गोर्खाली फौजको हात पर्र्यो । जसबाट गोर्खाली (पछि नेपाली)  सेनाको मनोबल उच्च रह्यो भने यस युद्धले नेपाल एकिकरणमा ूलो मद्धत पुर्र्यायो । यस लडाइले इतिहासमा निम्न महत्व राख्दछः

क. विदेशी शक्ति विरुद्ध शाही नेपाली सेनाले लडेको र जितेको पहिलो लडाई ।

ख. यही लडाईमा खोसेको राईफलहरुलाई प्रयोग गर्नको लागि शाही नेपाली सेनामा पहिलो पटक दरवन्दी खडा गरि ४ वटा कंपनीहरुः श्रीनाथ, कालीबक्स, बर्दवाणी र पुरानो गोरख स्थापना गरिए । शाही नेपाली सेनामा हतियारसहितको Rank and File System को शुरुवात हुनमा यही लडाईको विजय हुनुमै श्रेय जान्छ ।

ग. बाईसे र चौबीसे राज्य भन्दा बाह्य जगतमा बडा महाराजाधिराज पृथ्वीनारायण शाह र शाही नेपाली सेनाको क्रमशः राजनैतिक र सैनिक प्रतिष् ा बढ्नुमा यही लडाईकै भूमिका रहेको छ ।

 

नेपाल अंग्रेज युद्ध (Nepal- Company War)

७. आर्थीक, राजनैतिक तथा सैनिक कारणहरुले गर्दा नेपाल र East India Company को दुश्मनी बढ्दै गयो । नेपालको सार्वभौमतालाई तिलान्जली दिन र अर्काको गुलाम बन्न पटक्कै नजान्ने हाम्रा पुर्खाले आफ्नो मातृभुमिको लागि अंग्रेजसंग युद्ध गर्ने निर्णय गरे । अंग्रेजलेनै विधिवत रुपले नेपाल विरुद्ध हमला गर्ने घोषणा गर्र्यो । जस अनुसार नेपाललाई ५ क्षेत्रबाट हमला गर्न निम्न योजना बनाएः

क. मेजर जनरल बनेट मारलेको नेतृत्वमा एक डिभिजन र थप फौज सहित बेतिया–रक्सौल हुदै मकवानपुर माथि विजय प्राप्त गरी अन्ततः का माण्डौ कब्जा गर्न ।

ख. मेजर जनरल जोन सोलीमन उडको नेतृत्वमा १ डिभिजन र थप सहितको फौज सहित अगाडी बढी पहिला पाल्पा कब्जा गरि अन्तत का माण्डौ माथि हमला गर्नु ।

ग. मेजर जनरल रोलो जिलेस्पिको नेतृत्वमा १ डिभिजन र थप सहितको फौजले शुरुमा देहरादुन कब्जा गरि अन्तत सहरनपुर हुदै श्रीनगरमाथि विजय हासिल गर्नु ।

घ. कर्नेल (पछि मेजर जनरल) डेभिड अक्टरलोनीको नेतृत्वमा एक डिभिजन र थप फौजले मलाउ र जैथक इलामा कब्जा गर्नु ।

ङ. क्याप्टेन बि‍ लेटरको नेतृत्वमा रहेको २४०० फौजले मोरङ भन्दा पूर्वी इलाकालाई कब्जा गरी मेजर जनरल मार्लेको फौजको एड्भान्सको लागि Flank Protection गर्नु ।

८. नेपाल-अंग्रेज युद्धलाई २ चरणमा विभाजन गरिनु जरुरी छ । शुरु वा पहिलो चरणमा बढेको अंग्रेज फौजको कुमाउ-गढबाल फ्रन्टमा रहेको नालापानीको युद्ध, देउथलको युद्ध, मलाउको युद्धहरुमा विजय प्राप्त गरे । महाकाली भन्दा पश्चिम पुरै नेपालले गुमाउनु पर्र्यो । तर बुटवल-पाल्ला र मकवानपुर फ्रन्टमा भने अंग्रेजको हार भयो । यस क्षेत्रमा नेपालको पूर्ण विजय भएको थियो । जब कुमाउ-गढवाल अंग्रेजले जित्यो, त्यसपछि त्यहाँको प्रायः जसो फौजलाई मकवानपुर फ्रन्टमा केन्द्रित गरियो । यसरी दोश्रो चरणमा अंग्रेज फौज मकवानपुर-चितवन र हरीहरपुर गढीलाई Cover गरेर केन्द्रित भयो । मेजर जनरल डेभिड अक्टरलोनीले युद्धको नेतृत्व गरे । मकवानपुर गढीबाट का माण्डौ नजिक पर्ने भएकोले का माण्डौलाई Threat दिनको लागि यो axis छानियो ।

९. नेपाल तर्फबाट मकवानपुर गढीमा सेक्टर कमाण्डर भई कर्नेल बख्तावरसिंह थापा, हरिहरपुर गढीमा काजी रणजोर थापा, सिन्धुली गढीमा बडाकाजी अमरसि‌ह थापा र उपरदाङ गढी (चितवन) मा कप्तान सेरजंग थापालाई तैनाथी दिइएको थियो । अंग्रेजहरुले चितवन इलाकाबाट सानो फौज र मकवानपुर र हरीहरपुर गढीबाट ूलो फौजसहित हमला गरे । २५ देखि ३० फेब्रुवरी १८१५ सम्म यस ईलाकामा भीषण युद्ध भयो । अन्तत यस लडाईले नेपाललाई साथ नदिएपछि त्यसको ३ दिनपछि सुगौली सन्धि भै नेपाल अंग्रेज युद्ध अन्त भयो ।

१०. यसरी मकवानपुर गढीले नेपालको इतिहासमा नेपाल एकिकरण युद्ध, मीर कासिम बिरुद्धको युद्ध र नेपाल अंग्रेज युद्ध समेतमा ूलो महत्व राखेको छ । यो गढी शाही नेपाली सेनाको इतिहाससंग प्रत्यक्ष सरोकार राख्दछ भने नेपालको राष्ट्रिय इतिहासमा कोसे ढुङ्गा सावित भएको छ ।