Rochak Itihas

बुद्दि नपुयाई काम गर्दा प्रायश्चित गर्नु परेको घटना
डा.प्रेमसिह बस्न्यात 


१.    नेपाल एकीकरणको थालनी भएपछि बडामहाराज श्री ५ पृथ्वीनारायण शाहले नेपालको राजनैतिक,कुटनैतिक ,सामाजिक,आर्थिक तथा सैनिक पक्षमा ूलो परिर्वतन ल्याए। नेपाल (गोर्खां र नेपाली वीरताले संसारमा प्रसिद्दि पायो। यहि क्रममा नेपाल बढाउने जोस जांगर र अ ोट राखीरहेका युगपरुष पृथ्वीनारायण शाहको चाढै नै मृत्यु भयो, जुन नेपालीहरुको दुभाग्य थियो। उनको मृत्यु पछि (राजा प्रतावसिंह तथा सुरेन्द्र बाहेक) राजा रणबहादुर शाह,गिर्वाणयुद्द,राजेन्द्र तगा पृध्वीबीर बिक्रम सबै नाबालक र तोते बोली पनि नफुटी राजा भए। जसको कारण राजमाता तथा भारदारहरुले शासन बागडोर संहाल्न पुगे र आईमाईहरुको राज्य संचालनले गर्दा दरवार भित्र ष यन्त्र रची नेपाल अधिराज्यको अस्तित्वलाई खतरामा पुरयाएका थिए। 
२.    बास्तवमा सिधै भन्नु पर्दा र राजा प्रतावसिह शाह देखि राजा पृध्वीवीरबिक्रम शाहसम्मको अवधीलाई राजनैतिक अस्थिरताको हिसावले मूल्यांकन गर्दा अति नै Vulnerable अवधि भन्न सकिन्छ। यहि अस्थिरताको कारणले गर्दा नै राजकुमार तथा वीर लडाकु बहादुर शाह,मुलकाजप् (प्रधानमन्त्री) कीतिमानसिंह(श्रीपालीं बस्न्यात,काजी दामोदर पांडे,जनरल भिमसेन थापा,मिनीष्टर एण्ड जनरल माथवरसिंह थापा,प्रधानमन्त्री फत्यजंग शाह,जनरल गगनसिह खवास,जनरल अभिमानसिंह राणामगर ,काजी बीरध्वज (श्रीपालीं बस्न्यात आदीको अकालमै षडयन्त्रले गर्दा अकालमै मृत्यु भयो भने सयौ अन्य राजपरिवार तथा भाई भारदारले काढिनु तगा देश छाडनु पयो। वि.स.१६१६ मा राजा द्रव्य शाहले सुरु गरेको गोर्खा राज्यको लगाम श्री ५ महाराजधिराजको हातबाट नेपालका कुवंर क्षेत्रीहरुले राजनैतिक शक्तिको फाइदा उ ाई  श्री ३ महाराज बन्न सफल भै बि.सं १९०३ सालदेखि २००७ साल फाल्गुणसम्म आफनो हातमा लिए। जुन कुरो आईमाई शासकको कमजोर सोचाईले गर्खा सफल भयो। परिस्थिती र प्रमाणहरुले गर्दा यसको क्ष््क्कभमष्बतभ  अपजस राजा राजेन्द्रको कान्छी रानी राज्यलक्ष्मीलाई जान्छ। राजा श्री ५ राजेन्द्रको ३ रानी, जे ी साम्राज्यलक्ष्मी र कान्छी रानी राज्य लक्ष्मीको साथ एकै दिन एउटै लगनमा १८८० साल माघ २५ गते श्री पञ्चमीको दिन बालाजुमा बिवाह भएको थियो। दुवै रानीहरु भारतको गोरखपुरमा जन्मेका थिए भने दूवै राजपुत वंंशिय भिन्दा भिन्दै परिवारका कन्याहरु थिए। जे ी रानी पट्टीबाट सुरेन्द्र,उपेन्द्र र देवेन्द्र ३ छोराहरु थिए भने कान्छी रानीपट्टिबाट रणेन्द्र र वीरेन्द्र २ छोराहरु थिए।
३.    परम्परादेखी धर्म,संस्कार तथा राजनैतिक परिपाटिबाट भन्दै आएको राजाको बिवाहिता रानीको जे ो छोरा राजा हुने परम्परालाई मार्सी,युवराज सुरेन्द्रलाई मारेर वा कुनै किसिमले सत्ताच्युत गरेर राज्यलक्ष्मी आफनो छोरा रणेन्दूलाई राजा बनाउने खेलमा लिप्त थिईन। यही सपनाले गर्दा नै अन्तत उनैको अन्त भयो। सोही महत्वकांक्षाले गर्दा नै नेपालमा कोत पर्व तथा भण्डारखाल पर्व जस्ता अकल्पनिय घटनाहरु घटे। तिनै रानीलाई १९०३ साल मंसिर ४ गते जंगबहादुर कुवंर राणाले नेपालबाट भारतको बनारसमा निवासित हुन बाध्य बनाए। पछि बनारसमा पुगेपछि ति रानीलाई आफूले गरेको पाप प्रति प्रायस्चित लाग्यो र यता नेपालमा पनि उनलाई अनेक आरोप लागे। रानीको त्यस असहाय परिश्थितीमा उनीबाट अलप बिलाप गरी,तत्कालिन नेपालका शक्तिपुञ्ज जंगबहादुर राणालाई मिति १९१६ साल असोज ८ गते रोज ३ मा बनारसबाट लेखिएको र रानी राज्यलक्ष्मीको छाप लागेको एउटा चि ीका बुदांहरु आश्चर्य लाग्दा रहेका छन भने सो चि ीको छायाप्रति पनि प्रस्तुत गरिएको छ। 
(क)    राज्यलक्ष्मीले गरेको सुरेन्द्रको बध गर्ने प्रयास,माथवरसिंहलाई मार्नू र कोतपर्व तथा भण् ारखाल पर्व गराउने जस्ता जघन्य गल्ती शायद नेपालमा कहिलै हुने छैन हरेक योजनामा असफल भै अन्तत बनारसमा निर्वासित भएपछि उनलाई ूलो प्रायश्चित भएको बुझन्छ। त्यस्तै आफूले गरेको गल्तीहरुलाई लुकाइृ दिन तथा त्यसमा सफाई पाउनको लागि आफैले श्री ३ पद दिएको जंग बहादुरलाई रिजाउन खुसी पार्नू,श्री श्री श्री श्री श्री (५ वटा श्री) लेखी श्री ५ को सम्मान दिईएको छ भने नामको पछाडि देवानाम शब्द राखी राजा सरह बनाईएको छ। 
(ख)    उनी निवासित भएपछि पनि राज कचहरी (सभा) ले उनलाई का माडौ झकाई कारवाही गर्न लागेकोले साह्रै आत्तिएर जंगबहादुरलाई बिन्तीभाउ गरी मेरा पुरानो काला दागको कागजात च्याती देउ मेरो कोही छैन,बेईज्जतीबाट बचाई देउ र मेरे बदनाम मेटी देउ भन्ने व्यहोरा लेखी पापको प्रायस्चित गरेको देखिन्छ। 
(ग)    उनी षडयन्त्रकारी र दोषी देखिएको जंगबहादुरको बन्दोबस्त अनुसार तत्कालिन British Indian authority लाई पत्राचार गरेर बनारसमा पनि उनीलाई एउटा घरमा नजरबन्द सरह निगरानीमा राखिएको थियो। जुन उनको लागि अझै बेईज्जती महशुस भयो । तब उनलाई पुन नेपाल फर्कन मन जागेपछि उनले जंगबहादुरलाई तिमो सरनमा परेको छु, जे गर्छौ गर,यहा मलाई घरबाट निस्कन दिर्दैनन,यहा मेरा सबै दुश्मन भए,यो शहरबाट त्यहा आउन खुला गरी दिए फायबबाट बचंदाहूकी भनेर साह्रै असहाउ तरिकाले लेखेको देखिन्छ। 
(घ)    साहेव (अग्रेज) मोसित आइकन मुकाविला गयो र यो कागज कहा पाईथिस भनी सोध्यो ....भनी उल्लेख गरेको बाक्यलाई मनन गर्दा राज्य लक्ष्मी बनारस बसेपनि जंगबहादुर उनी बिच अझै पनि गोप्य र महत्वपूर्ण लेखापढी हुन्थ्यो भनि अनुमान लगाउन सकिन्छ। त्यसै गरी मेरो बिरुद्द षडयन्त्र गरी त्यो कागज लेखी प ाएको हो र त्यो जालसाजी हो,फटाह कुरालाई हो भन्ने बनाई मेरो बेईजत गर्न लागेको छ भनी लेखिएको हरफलाई बिचार गर्दा तत्कालिन नेपाल सरकारले उनलाई निर्वासित गराउनको कारण भारतश्थित बृटिस अधिकारीहरुलाइ लेखि प ाएको र सो को प्रतिकार स्वरुप रानीले उक्त जिकिर गरेको पनि बुझन्छ।
४.    श्रेष् देवता चरण श्री राज्यलक्ष्मी सरण भन्ने छाप लागेको उक्त पत्रलाइ एउटा अचम्मको उदाहरण मान्न सकिन्छ। जुन तत्कालिन सरकार र मानमर्यादामा नसुहाउदो तरिकाले लेखिएको छ। सौतेन िईष्याले बुद्दि बिग्रेर ,जे ी रानी साम्राज्य लक्ष्मीबाट जन्मेका युवराजधिराज सुरेन्द्रलाई बध गर्न र आफनो छोरालाई राजा बनाउने राज्यलक्ष्मीको योजना असफल हुनुमा जंगबहादुर राणाले तत्कालिन नानी महाराज  श्री ५ सुरेन्द्र प्रतिको बफादारी नै थियो। सुरेन्द्र युवराजधिराज होईनन् १८९९ सालमै नानी महाराज घोषित भै सकेका थिए। जंगबहादुरले रानीको लहलहैमा लागेका भए हाम्रो राजवंशको इतिहासमा ूलो बज्र पर्न सक्थ्यो। आफू शक्तिमा आउन कोत पर्व(१९०३ साल) अगाडि जंगबहादुरले आफनै सहोदर मामा माथरवरसिंह थापा र आफनै फौजी जोडी जनरल गगनसिंह खवासको समेत हत्या गरे तर श्री ५ सुरेन्द्र प्रति कहिल्यै अन्यथा सोचेनन्। जसबाट राजशक्ति प्रति उनको बफादारी अटल यो भन्ने प्रमाणित हुन्छ। अन्तमा पापले प्रायश्चित ल्याउछ भन्ने उक्त रानी राज्यलक्ष्मीको कृयाकलापले प्रस्टाउदछ भने उनी एउटीको आचरणले गर्दा नेपालको ूलो Turning point ल्याएको थियो। 

सर्न्दभ सामाग्री 
१.    प्रकाश,ए.राज,कोत पर्वकी महारानी राज्यलक्ष्मी,नवीन पब्लिकेसन्स,का माडौं २०५९ साल।
२.    नेपाल,ज्ञानमणी,नेपालको महाभारत,साझा प्रकाशन,२०५० साल।
३.    प्रकाश,ए.राज,वाराणसीसग नेपालको सम्बन्ध,ऋल्ब्क्,२००० ब्म्।
४.    Manandhar,Tri Ratna,A New Light on Kot Massacre,RombolamApril –June 1984 AD.  
५.    Ambrose,Old Field,Sketches from Nepal,Cosmo Publications,1981 AD.
६.    रानी राज्यलक्ष्मीले १९१६ साल असोज ८ गते बनारसबाट प्रधानमन्त्री जंगबहादुर कुवंर राणालाई लेखेको पत्र।