नेपाली सेनामा जातिय पल्टन खडा हुनुमा एक विवेचना

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पालामा वि.सं. १८१९ सालबाट विधिवत रुपले शाही नेपाली सेनामा ५ कंपनीहरु खडा भए। एवं रितले नेपाल एकिकरण, नेपाल तिब्बत युद्ध, नेपाल अंग्रेज युद्ध तथा मित्रराष्ट्रहरुलाई सैनिक सहयोग प ाउनु पर्दाको अवस्थाहरुमा शाही नेपाली सेनामा प्रशस्तै रेजिमेन्ट, गण तथा गुल्महरुको स्थापना भएको दृष्टान्त रहेका छन्। यद्यपी बडामहाराजा पृथ्वीनारायण शाहको राज्यकालमा जातीय कंपनी खडा गरिएन।
भारतमा East india company को प्रवेश भएपछि क्रमिक रुपले Native troops खडा गर्दै गए। ती मध्ये जनजाती पनि रहेको पाईन्छ। पछि गएर १८७२ साल (सन् १८१५) तिर कांगडा क्षेत्रमा नेपाल र East india company को युद्ध शुरु भयो। त्यसबेला कति नेपाली सेनाबाट भागेर र कति नेपालीहरु स्वईच्छाले उक्त कम्पनीको सेनामा भर्ति हुन गए। त्यसपछि अंग्रेजहरुले नेपालीहरुको छुट्टै पल्टन खडा गर्न थाले। पछि पछि गएर नेपाली मध्यबाट पनि राई, लिम्बु, गुरुङ्ग आदि जातको छुट्टा छुट्टै पल्टनहरु खडा हुन थाल्यो। जुन यद्यपी British Gorkha  र Indian Gorkha हरुमा छदैछ। 
नेपाल एकिकरण पश्चात् Nepal Company War (Anglo Nepal War) सम्मनेपालमा जनजाती वा जाती विशेषबाट पल्टनहरु खडा भएको दृष्टान्त भेटिन्न। जब भारतमा भारतीय एवं नेपालीहरु मध्यबाट जातीय पल्टन खडा भए र नेपालमा भन्दा तलब भत्ता पनि बढी दिन थालियो तब नेपालमा Fighter Cast  (राई, लिम्बु, मगर, गुरुङ्ग, क्षेत्री आदि)  लाहुरे हुन जान थाल्यो। नेपालीको बहादुरीताले गर्दा नेपाली भर्ना गर्न पाए अंग्रेजहरु दङ्ग पर्दथे। तत्काल भारतमा जातिय पल्टनहरुले देखाएको Brother hood and Bravery लाई मनन गर्नुको अतिरिक्त गुरुङ्ग, मगर, राई, लिम्बु जस्ता सुरा जातलाई नेपालमै ज्बचखभकत गर्न समेतको लागि नेपालमा जातीय पल्टन खडा हुन थालेको बुझिन्छ।
जात जातीको हिसावले भारतको दाँजोमा नगन्य भएता पनि नेपालमा राई, लिम्बुको लागि भैरवनाथ रेजिमेन्ट, मगरको लागि पुरानो गोरख रेजिमेन्ट तथा भवानी दल पल्टन तथा गुरुङ्गको लागि कालीबहादुर रेजिमेन्ट पल्टन खडा गरिएको थियो। कालीबहादुर र पुरानो गोरख गण अहिले पनि क्रमशः गुरुङ्ग र मगरको जातिय पल्टनको रुपमा छन् भने अन्य जातिय पल्टनहरु राणा कालमै पल्टन कर्टाती हुदां खारेजीमा परेको बुझन्छ  भने पछि पुनः खडा भएपछि ती पल्टनहरुलाई जाती विशेषको नबनाई सर्वजातिय बनाईएको छ।