४४८ बर्ष नेपाली सेना

(२०६४ फागून २३ गते सेना दिवसको दिन कान्तिपूर दैनिक पत्रिकामा प्रकाशन गर्नको निमित्त)

नेपाली सेनाको ४४८ बर्ष
- डा. प्रेमसिंह बस्न्यात

नेपालको इतिहासमा वि.सं. १८०० पछीका बर्षरुलाई आधूनिककाल मानेको छ । त्यसपछिको इतिहासले धेरै विषयमा प्रकाश पनि पारेका छन । नेपाली सेनाले पनि आफ्नो स्थापना बर्षबडामहाराजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणको श्री गणेश र नूवाकोटको विजय यूद्ध वि.सं. १८०१ साललाई मान्दै आएको छ भने आधूनिक नेपाली सेनाको जन्मदाता बडामहाराजा पृथ्वीनारायण शाह नै हून । यद्यपी बर्तमान सेनाको क्रमिकता ४४८ बर्षपहिला वि.सं. १६१६ सालमा (हाल गोर्खामा रहेको) लिगलिगकोटका राजा द्रव्य शाहले भगिरथ पन्तलाई सेनापति बनाई खडा गरेको सैनिक दलबाट नै शूरु भएको हो । बाईसे चौविसे राज्य, का माण्डौ उपत्यकाका तिनवटा मल्ल राज्य र तर्राई क्षेत्रमा रहेका तिनवटा सेन राज्य मध्य सबैभन्दा कान्छो र गरीब राज्य गोर्खाको इतिहास वि.सं. १६१६ बाट शूरु हून्छ । बर्तमान नेपाल र राजबंशको क्रमिकता त्यही बर्षर स्थानबाट शूरु भएको तथ्य घाम जतिकै टडकारो छ । यर्सथ त्यही मिति र स्थानमा खडा भएको नेपाली सेनाको उमेर ४४८ बर्षपूरा भएको छ भने वि.सं. १८०१ बाट मात्र स्थापना भएको मानेर १८५ बर्षो आयू घटाउदा हामी ऐतिहासिक धरातलबाट बाहिरीएको हरिनेछ । वि.सं. १६१६ बाट १८०० सम्मको राष्ट्रिय इतिहासमै ऐतिहासिक क्रमिकता खोतलिएको छैन भने धेरै कूरा अस्पष् छन । यो इतिहास आफैको दोष होईन तर इतिहास खोतल्ने पक्षको कमजोरी हो । यर्सथ बर्तमान नेपाल र नेपाली सेनाको शूरुवात वि.सं. १६१६ नै हो । नेपाली सेनाको इतिहास विश्वमै धेरै जे ो छ भने यो हामी नेपालीको गौरवको विषय हो ।

गोर्खा राज्यको इतिहास केलाउंदा र त्यस बखतको संसार कै राज्य विस्तार गर्ने नीतिलाई विश्लेषण गर्दा गोर्खाले पनि वि.सं. १६१६ देखि नै सैनिक प्रयोग गरी राज्य विस्तार गर्दै आएको छ । किनभने द्रव्य शाहको छोरा राजा पूर्ण शाहले गोर्खा राज्यको विस्तार गरेका थिए भने उनको पनि छोरा राजा राम शाहले उत्तर तर्फतिब्बतको कूकूरघाटसम्म सैनिक यूद्ध गरेरै आफ्नो अधिकार जमाएका थिए । तत्कालिन कान्तिपूरे राजाको विरुद्ध पाटने राजा सिद्धिनरसिंह मल्लले सैन्य सहयोग माग्दा राम शाहको छोरा राजा डम्बर शाह स्वयं ूलो फौजको नेतृत्व गरी का माण्डौ उपत्यका पूगेको तथ्य इतिहासले देखाएको छ । त्यसैगरी डम्बर शाहको नाती राजा रुद्र शाहको पाला, वि.सं. १७२८ मा गोरखाली, पाटने र भक्तपूरे संयूक्त सेना भै मकवानपूर विरुद्ध लड्न गएको तथ्य पनि भेटिन्छ भने पृथ्वीनारायण शाहको पिता राजा नरभूपाल शाहले नूवाकोट माथी असफल हमला गरेका थिए । उनको मृत्यू पछि मात्र उनको छोरा पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नूवाकोट जित्न सफल भएका हून । यर्सथ वि.सं. १६१६ बाट नै बर्तमान नेपाली सेना राज्य विस्तार तथा नेपाल एकिकरण अभियानमा अविछिन्न लागि परेको थियो र पूर्वमा टिष्टा र पश्चिममा कांगडा पूगेर बृहत नेपाल निर्माण गरेको हो । बर्तमान नेपाली सेनाले पृथ्वीनारायण शाहको पालाको शूरुमा तिलंगा, नूवाकोट विजय पछि गोरखाली सेना, चन्द्र शम्सेर राणा प्रधानमन्त्री भएको समयमा नेपाली सेना, राजा महेन्द्रको पालामा शाही सेना, राजा वीरेन्द्रको पालामा शाही नेपाली सेना र दोश्रो जन आन्दोलन पछि बनेको बर्तमान सरकारबाट पूनः नेपाली सेनाको नाम पाई आफ्नो सांढे चार शताब्दी पार गरी सकेको छ ।

राज्यको आवश्यकतामा नै सेनाको विस्तार र विकास हूने हो । यही क्रममा गोरखा राज्यको राजनैतिक इच्छा शक्तिले आफ्नो भु-भाग बढाउने सपना देखेर नै अन्तत एक संग नात्मक सेनाको विकास भयो । पटक पटक कान्तिपूरेको भू-भाग, नूवाकोटेसंगको हारपछी पृथ्वीनारायण शाहले गोर्खाका समग्र भाई, भारदार, जात जातीदेखि वीसे दमाई (नगर्ची) समेतको सल्लाह र आर्थिक सहयोगमा बनारस पूगी हात हतियार खरिद गरी ल्याए । साथमा ३ जना हतियार चलाउन र बनाउन जान्ने मूसलमानहरु पनि ल्याए । नेपाली सेनाको विकासमा ती मूसलमानहरुको ुलो योगदान छ । त्यही गूनले गर्दा पृथ्वीनारायणको पालादेखि ऐले सम्म पनि ती मूसलमानको सन्तान नेपाली सेनाको हतियार बनाउने र मर्मत गर्ने अंगमा कार्यरत छन । त्यसपछी नेपाल एकिकरणको विभिन्न यूद्ध हूदैं गयो र मकवानपूर राज्य र त्यस अन्तरगतको सिन्धूली इलाका समेत गोरखालीले जितेपछि बंगालको नवाव मीर कासिमको फौजले एक्कासी वि.सं. १८१९ मा मकवानपूर गढी माथी कब्जा गर्न आए । सत्रू पक्षको विशाल फौजलाई नेपाली सेनाको सानो फौजले अपत्यारीलो तरिकाले बर्बाद पार्यो । तिबाट करीब ५०० नाल र्राईफल र २ वटा तोप खोसे भने हजारौ बैरी मारे । ति नै हतियारबाट सोही बर्षसेनाको इतिहासमा पाश्चात्य पाराले ५ वटा कम्पनीहरु खडा भए । मकवानपूरको यूद्धले २ वटा अभिलेख राखेको छ । पहिलो हो नेपाली सेनाले पहिलो पटक विदेशीसंग यूद्ध गरेको र अर्को होस सेनाको कम्पनी तहको संग नात्मक रुपरेखा तयार भएको । त्यो भन्दा पहिला राजा द्रब्य शाहकै पाराको सैनिक व्यवस्था कायम थियो ।

उक्त यूद्धको ५ बर्षपछि वि.सं. १८२४ मा कान्तिपूरे राजा जयप्रकाश मल्लको सहयोग र गोर्खालीहरुको विरुद्धमा प्रयोग गर्न बोलाईएका अंग्रेज क्याप्टेन किनलकको नेतृत्व गरेको विशाल सेनालाई नेपाली सेनाले हालको सिन्धूली जिल्लाकेा पौवा गढी (आडा पनि भनिन्छ) मा नराम्रेासंग हरायो र प्रसस्त हात हतियार खोसे । यसबाट आधूनिक हात हतियारको अझै विकास भयो र कम्पनीहरुको संख्या बढ्दै गए । उक्त यूद्ध नेपालले अंग्रेजसंग लडेका पहिलो लर्डाई थियो । यसलाई सिन्धूली गढीको लर्डाई भनिएको छ । तर होईन । सिन्धूली गढी र पौवा गढी कहां पर्छ भनि स्थलगत अध्ययन नगरी इतिहासमा लेखिएको छ । वास्तवमा, सिन्धूलीगढीमा वि.सं. १८०१ पछि बैरीहरुसंग कूनै पनि यूद्ध भएकै छैन । यतिबेलासम्म नेपाली सेनाको विस्तार र विकास धेरै राम्रो भईसकेको थियो । त्यसपछि गएर राजा रणबहादूरको नायव राजकूमार बहादूर शाहको पालामा नेपालमा फेञ्चकालीगढहरु र प्रशिक्षकहरु झिकाई तोप, र्राईफल, गोला तथा गोली बनाउने काम प्रसस्तै भए । प्राश्चात्य पाराको यूद्ध विद्या सिकाईयो । सेनामा कप्तानको पद श्रृजना गर्ने बहादूर शाह नै हून । पछी गएर काजी तथा कमाण्डर्रर् इन चीफ भीमसेन थापाले नेपाली सेनालाई आधूनिकीकरण गर्न फेञ्चहरु नै कालीगढ, बास्तूविद तथा प्रशिक्षक झिकाई थूप्रै प्रयास गरे । वि.सं. १८१९ मा खडा भएको कम्पनी संग नलाई ुलो पारी भीमसेन थापाले पल्टन र कम्पूमा विकास गरे जंगी अड्डा र व्यारेक घरको समेत (छाउनी) को व्यवस्था गरे । हाल राष्ट्रिय संग्रहालय, छाउनीको भवन उनले बनाएको पहिलो सैनिक मूख्यालय थियो । कणेल जनरल र कमाण्डर्रर् इन चिफको पद श्रृजना गर्ने उनै थिए । पहिलो जनरल र कमाण्डर इन चीफ उनै हून । उनलाई इतिहासले प्राईम मिनिष्टर बनाएको छ । तर मिनिष्टर र पछी प्राईम मिनिष्टर पाउने नेपालको पहिलो व्यक्ति माथवरसिंह थापा हून ।

सेनाको विकासक्रममा राणा प्रधानमन्त्री जंगबहादूर राणाको विशेष योगदान रहेको छ । उनको बेलायत यात्रा पछी पाश्चात्य पाराले नेपाली सेनाको पेशागत यूद्धकला तथा हात हतियारमा ूलो परिवर्तन भएको थियो भने विश्वमै नेपाली सेनाको बहादूरीता उच्चस्तरको गनिएको थियो । उनको बेलायत यात्रा अगाडी वि.सं. १९१३।१४ सालमा उनले नेतृत्व गरेको विशाल नेपाली सेनाले भारतमा भएको सिपाही व्रि्रोह दमन गरी र्फकेपछी त हरेक पक्षको प्रगती भयो । प्रधानमन्त्री वीर शम्सेरको पालामा उनको छोरा (बैज्ञानिक) जनरल गेहेन्द्र शम्सेरले नेपालमा स्वचालीत तथा हावाबाट चल्ने मेसिनगन र विभिन्न थरीका र्राईफलहरु बनाए । जसलाई गे-र्राईफल र च-र्राईफल पनि भनिन्छ । गेहेन्द्रको नामबाट गे-र्राईफल र चन्द्र शम्सेरको नामबाट च-र्राईफल भनिएको हो । हाल रानी पोखरीको जमलमा पहिला परिक्षा नियन्त्रण कार्यालय बसेको घरहरु उनले हतियार बनाउन तयार गरिएको सैनिक आर्शनल हो पछिसम्म त्यो सेनाको स्वामित्वमा थियो । विकासक्रमलाई केलाउंदा अंग्रेजको सहयोगमा प्रधानमन्त्री चन्द्र शम्सेरले प्रथम विश्व यूद्ध र प्रधानमन्त्री जूद्ध शम्सेरले दोश्रो विश्व यूद्धमा नेपाली सेना प ाएपछी सैनिक यूद्धकला तथा हात-हतियारमा ूलो परिवर्तन आएको थियो । त्यसपछी नेपालमा प्रजातन्त्र आएपछी २००९ सालमा सेनाको पर्ुनग न भयो र देशलाई चाहिने जति मात्र सेना राखियो । वि.सं. २००७ सालको सफल आन्दोलन पछी नेपाली कांग्रेस सरकारको पलहतामा पहिलो पटक नेपाली सेना फिल्ड मार्शलको पद श्रृजना गरियो र रुद्र शम्सेर राणालाई दिईयो । यो ऐतिहासिक पदलाई जनताको सरकारले श्रृजना गरेको थियो । अबको सरकारले पनि क्रमीकता दिएमा इतिहासको सम्मान भएको ानिनेछ । भीमसेन थापाले पाएको कमाण्डर्रर् इन चीफको नियूक्तिलाई राजा वीरेन्द्रको पालामा चीफ अफ आर्मी स्टाफ बनाईयो र गूण शम्सेर राणा पहिलो चीफ अफ आर्मी स्टाफ भएका हून । गूण शम्सेर राणाको देनलाई नेपाल आर्मीले सदा सम्मान गर्नू पर्दछ । त्यसपछी हालसम्मको दिनहरुमा देशको खांचोले माग गरे अनूसार नेपाली सेनाको विस्तार र विकास भएको छ ।

सेनाको आफ्नो मात्र इच्छाले केही हूदैन । देशको राजनैतिक इच्छा शक्तिको योजनामा साथ मात्र दिने हो । अर्को कूरा समयको मागले राजनीतिलाई डोराउंदछ । उसबेलाको जमाना भनेको जून राज्यमा धेरै भू भाग, धेरै सेना, धेरै किल्ला/गढ हून्थे त्यो नै शक्तिशाली हरिन्थ्यो । सबै देश आ-आफ्नो राज्य विस्तारमै लागेका थिए भने नेपाल भित्रकै बाईसे चौविसे राज्यहरु र का माण्डौं उपत्यकाका ३ वटा मल्ल राज्यहरु समेत आ-आफ्नो राज्य विस्तारमा लर्डाई झगडँ गरी रहन्थे । त्यसबेलाको माग र राजनीति नै त्यही थियो । सेनाको महत्व उच्च थियो । यही परिवेशमा गोर्खाका राजाको नेतृत्वमा राज्य विस्तार शूरु भै अन्तत नेपाली सेनाले पूर्वमा टिष्टा नदि देखि पश्चिममा कांगडासम्म नेपाल एकिकरण गर्यो । यस कार्यमा हजारौ वीर सैनिकले राष्ट्रको लागि प्राण आहूती दिएका छन । अहिलेको चस्माले त्यस बेलाको राजनीतिलाई छड्के पाराले हेरी नेपाल एकिकरणको योगदानलाई विर्सेर गाली मात्र गरेमा पक्कै पनि अन्याय हूनेछ । हामी सम्पर्ुण्ा नेपालीले घमण्ड गर्नै पर्छ त्यसबेलाको स्थितीमा पनि नेपालीले त्यत्रो नेपाल बनाए । त्यो आम नेपालीको कमाई थियो, पृथ्वीनारायण, राजेन्द्रलक्ष्मी, बहादूर शाह र नेपाली सेनाको मात्र होईन ।

अर्को पाटो हेर्ने हो भने नेपाल विरुद्ध पटक पटक शत्रूहरुले आक्रमण गरेका छन । बंगालको नवाव मीरकासीमले मकवानपूरमा गरेको आक्रमण, अंग्रेज क्याप्टेन किनलकले गरेको सैनिक अभियान, तिब्बत र चीन मिली गरेको आक्रमण तथा अंग्रेजले गरेको यूद्धहरुको प्रतिकारमा नेपाली सेनाले आफ्नो प्राण अर्पेर राष्ट्रिय अस्मिता जोगाएको छ । ूला शक्तिहरुकेा पञ्जाबाट नेपाललाई बचाएको छ । उत्तरतिर मात्र नेपाली सेनाले ३ पटक यूद्ध लड्यो । अर्को चरण हेर्ने हो भने देशको कूटनैतिक इच्छा शक्तिलाई सघाउन तत्कालिन सरकारको इच्छा अनूसार नेपाली सेनाले भारतमा भएको सिपाही व्रि्रोह विरुद्ध लड्न, प्रथम विश्वयूद्ध, वजिरीस्तानको यूद्ध, द्धितिय विश्वयूद्ध तथा भारत स्वतन्त्र भएपछि पनि हैदरावादमा भएको हिन्दू-मूस्लीम समस्या समाधान गर्न समेत हजारौं हजार सेना प ाएर सहयोग गरेको थियो । उक्त कारवाहीहरुमा सयौं सेनाले वीरगति पाए तर नेपाली वीरताको शिलालेख बनाए । देशको यही कूटनैतिक पाटो मै श्रीवृद्धि गर्नको लागि नेपाली सेनाले २०१७ सालदेखि हालसम्म संसारको विभिन्न दंगाग्रस्त क्षेत्रमा ५० हजार भन्दा बढी शान्ति सेना पर् ाई संसार भर आफ्नो उच्च प्रतिष् ा कायम गरेको छ । यो नेपाल सरकारको गौरवको विषय हो । संयूक्त राष्ट्र संघमा नेपालले औंला ाडो पार्न सक्ने बलियो आधार यही बनेको छ ।

त्यसै गरी नेपाली सेनाले देश विकास कार्यमा विशेष गरी वि.सं. १९१२ को नेपाल भोट यूद्धको तयारी र त्यस पछिको दिनहरुमा हजारौं किलो मिटर कच्ची तथा पक्कि सडक तयार गरेको छ र हालसम्म पनि सो कार्यमा लागि परेको छ । देशको प्राकृतिक सम्पदा जोगाउन वन्य जन्तू, निकूञ्ज, आरक्ष, पानीको श्रोतको संरक्षणमा वर्षौदेखि खट्टएिको छ भने देशलाई आपत्ति आई पर्दा विभिन्न दैवी तथा अन्य प्रकोपमा उल्लेखनिय योगदान पूर्याएको छ । वि.सं. १९९० सालमा का माण्डौ उपत्यकामा र २०४५ सालमा पूर्वक्षेत्रमा आएको विनाशकारी भुकम्पमा नेपाली सेनाले अमूल्य योगदान पूर्याएको थियो । अन्य समयमा तर्राई क्षेत्रमा घटेका बाढी पहिरो जस्ता कार्यमा समेत करौडौ रुपैयाको आर्थिक र खाद्य तथा लगाउने वस्तूहरुको सहयोग प्रदान गरेको छ । दूःख परेको बेला सबैले सबैलाई मद्दत गर्ने नेपाली संस्कारलाई नेपाली सेनाले आत्मासाथ गरेको छ । अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली सेनाको जगेर्ना गरेको सांस्कृतीक परम्परा हो । इतिहासकालदेखि हालसम्म सेनाले फूलपाती, शिवरात्री, घोडेजात्रा, वसन्त श्रवण जस्ता राष्ट्रिय पर्व मनाउंदै आएको छ भने हरेक सैनिक अंगमा आ-आफ्नो निशानको पूजा, हरेक महिना सत्य नारायणको पूजा, हरेक दिन स्थानिय देवी देवताको पूजा, स्वस्थानीको पूजा तथा दशैं चाडलाई धार्मीक विधि अनूसार मान्दै आएको छ । देशभरी रहेका गढी/किल्ला र त्यस भित्र रहेका विभिन्न घर, देवी देवता स्थलहरु देशकै वास्तूकला र धार्मीक सम्पदा पनि हून । जून सेनाले वनाएको थियो ।

संवैधानिक सरकारको आवश्यकतामा नेपाली सेनाले हरहमेसा नूनको सोझो गरेको छ । जस्को अर्को विकल्प छै्रन पनि । देश बाहिर भन्दा पनि आन्तरिक रुपले अशान्ति हूंदा तत्कालीन सरकारको आदेशमा आन्तरिक सूरक्षाको लागि विभिन्न सैनिक कारवाही गरेको थियो । जसमध्ये वि.सं. २००७ साल पछी डा. के.आई. सिंहको नेतृत्वमा रक्षा दल -नेपाली सेनामा समावेश भएका थिएनन्) ले सिंहदरवार कब्जा गर्दा राष्ट्रिय सेनाले बढो संयमताको साथ तत्कालीन प्रधानमन्त्री लगाएतका मन्त्रीहरुलाई बचाएको र रक्षा दलले गरेको हतियारधारी व्रि्रोहलाई पूर्णतया नियन्त्रणमा लिएको थियो । राजा महेन्द्रको पालमा २०१९ सालमा बझाङे राजा रामजंग बहादूर सिंहले भारतीय हतियारधारी ल्याएर गरेको व्रि्रोहलाई सेनाले निपूर्णताको साथ नियन्त्रण गरेको थियो । त्यसै गरी नेपाल-चीन वीचको दौत्य सम्बन्धमा खलल हूने गरी नेपाली भुभागबाट तिब्बती खम्पाहरुले चीनीयां विरुद्ध गरेको आतंककारी कारवाहीलाई नियन्त्रण गर्न २०१३ सालमा विशाल नेपाली सेना मूस्ताङ क्षेत्रमा रवाना भै सफलता प्राप्त गरेको थियो, जसलाई खम्पा काण्ड भनिन्छ । त्यसै गरि तत्कालीन सरकारले व्रि्रोही भनि घोषणा गरेको समूहले ओखलढुंगाको सैनिक व्यारेक लूटी पूर्वको केही जिल्ला कब्जा गर्ने कारवाही विरुद्ध २०३१ सालमा नेपाली सेनाले पूर्ण रुपले नियन्त्रण गरेको थियो । पछि गएर २०४६ सालको जन आन्दोलनमा पनि जनताको घनजनको क्षति नहोस भनि सरकारले लगाएको कपर्र्फ्यमा सेनाले प्रसंसनिय काम गरेको थियो । सरकारकै आदेशमा र सरकारले घोषणा गरेको व्रि्रोही पक्षसंग विगतको १० वर्षो यूद्धकालको अन्तिम वर्षरुमा पनि नेपाली सेनाले बफादारीको साथ कर्तव्य पूरा गरेको थियो ।

विगतलाई फर्केर हेर्दा नेपाली सेनाले विभिन्न काल खण्ड पार गरेको छ । आधूनिक काललाई केलाउंदा पनि बडामहाराजा पृथ्वीनारायण शाहको पाला बाहेकका दिनहरुमा नेपालको राजनैतिक गन्जगोलले गर्दा सेनाले समेत विविध प्रतिकूल दिनहरु भोग्नू परेको थियो । राजमाता राजेन्द्र लक्ष्मी र राजकूमार बहादूर शाह विचको किचलो, राजा रणबहादूर शाह र उनले राज्य सूम्पेका शिसू राजा गिर्वाण यूद्ध विक्रम पक्षको झगडा, राजा राजेन्द्र र नानी महाराज सूरेन्द्र वीचको खीचातानी, थापा र पांडे खलक तथा पांडे र बस्न्यात खलक वीचको षडयन्त्र, अनि भीमसेन थापा जनरल भएपछि उनले आफ्नोभाइहरुको मातहतमा फौज राख्न थालेको समय, कोत पर्व, राणा खलकको १०४ वर्ष २००७ साल देखि २०१७ साल, पञ्चायती व्यवस्था र २०४६ साल पछि हालसम्मको दिनहरुमा नेपाली सेनाले विभिन्न राजा, तथा शासकिय नेतृत्वमा काम गरेको छ । हरेक घडीमा संवैधानिक मालीकको नूनको सेवा गर्दै आएको छ र आफ्नोपहलतामा राजनैतिक गन्ध आउने कूनै काम गरेको छैन । पटक पटक कू गरेको मित्थ्या आरोप पनि लगाइन्छ तर नेपाली सेनाले कहिलै पनि कू गरेको छै्रन । कू गर्नू र सत्ताधारी नेतृत्वले सेनाको प्रयोग गर्नू दूवै भिन्न पाटो हून । सेनाको बर्दि लगाएका श्री ५, श्री ३, प्रधानमन्त्री (मातृका प्रसाद कोइराला ४ तारे जनरल पनि हूनूभयो) तथा काजीहरुले आ-आफ्नोओहोदा र अधिकार प्रयोग गरेर सरकार प्रमूखको हैसियतले अवश्य पनि नेपाली सेनालाई आ-आफ्नोराजनैतिक स्वार्थ पूर्ती गर्न प्रयोग गरेका थिए । सेनालाई जनता तर्साउने खालका काम लगाई "हाउ गूजी" को रुपमा प्रयोग नगरिएको पनि होइन । यद्यपि, संस्थागत रुपबाट सैनिक नेतृत्वले कहिले पनि नेपालको राजनीतिमा कू गरेको छैन । इतिहास बङग्याएर कूनै संस्था प्रति हिलो छ्यापेमा अवस्य पनि अन्याय हूनेछ । सेनाले विगतदेखि वर्तमान सम्म गरेको जस-अपजस सबै नेपालीहरुकै सम्पती र इतिहास हो ।

विगतका कमी कमजोरीलाई सच्चाएर र समयको माग अनूसार नेपाली सेना अगि बढ्नू पर्दछ र बढिरहेको छ । काम गर्नेको गल्ती हून सक्छ तर चूप लागेर बस्नेको गल्ती हूंदैन । यर्सथ, गल्तीलाई स्वीकार गरेर आफू सच्चिनू र सच्चाउनू नै महानता हो । आजको जमना भनेको नागरिक समाजको सद्भाव पाउनू पर्दछ । जनता पानी हून भने सेना माछा हून । प्रजातान्त्रिक सरकारलाई शिरमा राखेर सेना र जनतासंग संगै अगि बढ्नू पर्दछ । सरकार ड्राइभर हो भने सेना गाडीको पांग्रा हून । राम्रो ड्राइभरले गाडी चलाएमा अवस्य पनि गाडी ोक्किने, कूच्चिने र व्रि्रने हूंदैन । जूनसूकै देशमा पनि प्रजातन्त्र भन्दा माथि सेना हून सक्दैन । तर प्रजातन्त्रले पनि सेनालाई सहि बाटोमा नियन्त्रण गर्नू पर्दछ । अधिकार र कर्तव्य सबै पक्षको दोहोरो हून्छ नै । सेनाको मनोवल भनेको जनताको स्यावासी हो । कमजोरीलाई सच्याउन सूझाव दिनू र राम्रो काममा स्यावास भन्ने पराम्पराको विकास नागरीक समाजले गर्नू पर्दछ । यस संस्थामा योग्यता पूगेका सबै जात जाति र बर्ग अटाउन सक्तछन भने यो सबै नेपालीको साझा फूलवारी हो । सेनाले पनि सबैलाई सम्मान दिन र सबैबाट सम्मान लिनू पर्दछ ।