नेपाल-अंग्रेज युद्धको संचालन
CONDUCT OF NEPAL-COMPANY WAR

नेपाल-अंग्रेज युद्ध (Nepal-Company War) लाई Anglo-Nepal War पनि भनिन्छ। हाल रुपन्देही जिल्ला ईलाकामा रहेको बुटवल र स्युराज क्षेत्र नेपालले अंग्रेजलाई दिन नमानेपछि नोभेम्बर १, १८१४ मा औपचारीक रुपमा घोषणा भएको यस युद्ध १ बर्ष र ८ महिना र ३ दिन पछि मार्च ४, १८१६ मा सुगौलीको सन्धिबाट अन्त भएको थियो। पुर्वमा टिष्टा नदी देखि पश्चिममा सतलजसम्म सिमाना रहेको बृहत नेपाल सुगौलीको सन्धि पछी भने मेची देखि महाकाली नदी भित्रको सिमानामा सिमित बन्नु पर्‍यो। जुन युद्ध निम्न क्षेत्र (Sector) हरुबाट संचालन भएको थियो : -

विजयपुर क्षेत्र (Vijayapur Sector)

नेपाल तर्फ

यस क्षेत्रको हेडक्वार्टर हालको धरान ईलाकामा थियो। कर्नेल (पछी जनरल) बख्तवरसिंह थापा क्षेत्रिय कमाण्डर थिए। उनले करिब २००० सेनाको नेतृत्व गरी कोशी नदी देखि टिष्टा नदीसम्मको आक्रमक-प्रतिरक्षात्मक (Defensive-Offensive) युद्धको जिम्मेवारी पाएका थिए। युद्धको दोश्रो चरणमा बख्तावरसिंहले मकवानपुर क्षेत्रको जिम्मा पाएका थिए भने सुगौली सन्धिमा हस्ताक्षर गर्ने मध्य उनी पनि एक जना थिए।

अंग्रेज तर्फ

यस क्षेत्रको लागि क्याप्टेन वि.लेटरले नेतृत्व गरेको एक बाहिनी लडाकु अंग्रेज फौज तथा आर्टिलरी, ईन्जिनीयर, पाईनियर, पिपा, भरिया तथा सल्लाहकार समेत लिएर हमलाको लागि अगाडी बढेका थिए। यस क्षेत्रमा खासै युद्ध भएन।

मकवानपुर क्षेत्र (Makawanpur Sector)

नेपाल तर्फ

यस क्षेत्रको हेडक्वार्टर मकवानपुर गढी थियो। कर्नेल (पछी जनरल) रणवीरसिंह थापा क्षेत्रिय कमाण्डर भै करिब ४००० फौजको नेतृत्व गरी कोशी नदी पश्चिम नारायणी नदी सम्मको युद्ध ईलाकामा आक्रमक(प्रतिरक्षात्मक युद्ध लड्ने जिम्मेवारी पाएका थिए। युद्धको दोश्रो चरणमा कर्नेल रणवीरसिंहले विजयपुर ईलाकाको जिम्मा पाए भने कर्नेल बख्तावरसिंहले यस क्षेत्रको जिम्मेवारी सम्हाले।

अंग्रेज तर्फ

युद्धको पहिलो चरणमा यस क्षेत्रमा हमला गर्नको लागि मेजर जनरल बनेट मार्लेको नेतृत्वमा एक डिभिजन लडाकु फौज तथा ईन्जिनियर, आर्टिलरी, पाईनियर, पिपा, भरिया तथा सल्लाहाकार सहितको यस क्षेत्रमा बढेको थियो। तर त्यो फौजले सीमाना काट्ने आंट गरेनन।

युद्धको दोश्रो चरणमा मेजर जनरल डेभिड अक्टरलोनीले नेतृत्व गरेको फौजले यस क्षेत्रमा गरेको हमलामा अंग्रेजको जित भयो। यसै क्षेत्रः मकवानपुर गढी र हरिहरपुर गढीमा नेपाली सेनाले बहादुरीताको साथ प्रतिरक्षात्मक युद्ध लडेता पनि युद्धमा अंग्रेजकै जित भयो त्यस पछी सुगौलीको सन्धिबाट युद्धको अन्त भयो।

पाल्पा क्षेत्र (Palpa Sector)

नेपाल तर्फ

यस क्षेत्रको हेडक्वार्टर पाल्पा थियो भने ट्याक्टिकल हेडक्वाटर नुवाकोट गढी थियो। कर्नेल उजिरसिंह थापा क्षेत्रिय कमाण्डर थिए। उनको मातहतमा करिब ३००० फौज थिए। बुटवल गढी (जितगढ) र का े गढी (नुवाकोटको सानो गढी) मा समेत फौज राखी उनले आक्रमक(प्रतिरक्षात्मक युद्ध लडे। उनले बुद्धि पुर्‍याएर गरेको Spoiling Attack बाट मेजर जनरल सुलीभन उडले नेतृत्व गरेको अंग्रेज फौज प्रसस्तै मरे। यो क्षेत्रमा अंग्रेज पुर्ण रुपले हार्‍यो भने नेपालले लडाई जितेको यही क्षेत्रको युद्ध मात्र थियो।

अंग्रेज तर्फ

युद्धको पहिलो चरणमा मेजर जनरल सुलिभन उडले नेतृत्व गरेको एक डिभिजन लडाकु फौज, आर्टिलरी, ईन्जिनीयर, पाईनियर, पिपा, भरिया तथा सल्लाहाकार समेत लिएर पाल्पा कब्जा गर्ने उद्धेश्यले स्युराज-बुटवल क्षेत्रबाट अगि बढे। बुटवल गढी, का े गढी र नुवाकोट गढीमा लुकेर बसेका नेपाली फौजले Spoiling Attack गरेर थुप्रै अंग्रेज मारे। त्यहांबाट भागेको अंग्रेज फौजले पुनः हमला गर्ने आंट गर्न सकेनन।

कुमाउं क्षेत्र (Kumaun Sector)

नेपाल तर्फ

यो क्षेत्रमा चौतरीया बम शाह कमाण्डर थिए। महाकाली पश्चिम र गढवाल पुर्व उनको युद्ध क्षेत्र थियो। करिब २५०० फौजको नेतृत्व गरेका बम शाहले यस क्षेत्रमा कुनै युद्ध नै नलडी, अंग्रेज कर्नेल गार्डनरको झुट्टा कुरा र उनको rumor मा लागि, १८७२ बैशाख १७ गतेको दिन कुमाउं क्षेत्र अंग्रेजलाई छाडी दिएर उनी डोटी आएर बसे। कुमाउं अंग्रेजले लिए पछी का माण्डौबाट हुने गढवाल क्षेत्रको आपुर्तिको बाटो (Line of Communication) बन्द भयो। गढवाल क्षेत्रको युद्धमा नेपालको हार हुनुको मुख्य कारण यही थियो।

अंग्रेज तर्फ

अंग्रेजले यस क्षेत्रमा हमला गर्ने प्रयास नै गरेनन। मनोबैज्ञानिक युद्धबाट६ नै यो क्षेत्रमा विजय प्राप्त गरे। यद्यपी मेजर जनरल जिलेस्पीको अप्रेसनल कमाण्डमा काम गर्ने गरी कर्नेल गार्डनरको नेतृत्वमा करीव १००० सेना यस क्षेत्रमा परिचालित थियो।

गढवाल क्षेत्र (Gadhwal Sector)

नेपाल तर्फ

यस क्षेत्रको मुख्य हेडक्वार्टर अर्कि दरवार र टयाक्टिकल हेडक्वार्टर मलाउं किल्ला थियो। बडाकाजी अमरसिंह थापा क्षेत्रपति थिए। बलभद्र कुंवर, भक्ति थापा, रनजोर थापा लगायतका करिब २५०० फौज यस क्षेत्रमा तैनाती (Deployed) थिए। देहरादुन र अर्कि गरी २ वटा उप क्षेत्रमा नेपाली फौजले आक्रमक-प्रतिरक्षात्मक युद्ध लडे। यो क्षेत्र निकै बलियो भएकोले अंग्रेजले देहरादुन ईलाकाबाट मेजर जनरल रबर्ट रोलो जिलेस्पीको नेतृत्वमा र मेजर जनरल डेभिड अक्टरलोनीको नेतृत्वमा अर्कि ईलाकामा हमला गरे। कुमाउं क्षेत्रमा नेपाली हटेपछी अंग्रेजले यस क्षेत्रमा का माण्डौबाट आउने Line of Communication रोकीदियो। अन्ततः यो क्षेत्रको लडाईले नेपालीलाई साथ दिएन। कमाण्डरहरु लगायतका सबै नेपाली फौजहरु दोश्रो चरणको युद्ध लड्न मकवानपुर क्षेत्रमा आए।

अंग्रेज तर्फ

गढवाल ईलाकालाई देहरादुन र अर्कि दुई उप क्षेत्र बनाई अंग्रेजले हमला गरे। मेजर जनरल रबर्ट रोलो जिलेस्पीले नेतृत्व गरेको एक डिभिजन लडाकु फौज र एक हजार अरु सहयोगी फौज लिएर देहरादुन ईलाकाबाट हमला सुरु गरे। त्यसै गरी मेजर जनरल डेभिड अक्टरलोनीले एक डिभिजन लडाकु फौज र पन्ध्रसय सहयोगी फौज लिएर आर्कि ईलाकाबाट हमला सुरु गरे। ति दुवै क्षेत्रमा भएको युद्धमा अंग्रेजलाई सफलता मिल्यो। अक्टरलोनीको छोरा र बडाकाजी अमरसिंह थापाको छोरा मित-मित थिए। युद्धको दोश्रो चरणमा मकवानपुर-हरिहरपुर क्षेत्रमा भएको युद्धको नेतृत्व पनि उनै अक्टरलोनीले गरेका थिए।