द्वन्दले बाल बालिकामा पर्ने असर

मानव इतिहासमा द्वन्दले ूलो महत्व राख्दछ। मानव सभ्यताको विकासक्रम खोतल्ने हो भने द्वन्दले सकारात्मक र नकारात्मक दुबै पक्ष बोकेको छ। बच्चा जन्मिने बेलामा आमालाई ूलो पीडा भै उनीमा जिवन–मरणको द्वन्द भैरहेको हुन्छ। आखिर बच्चा जन्माउछीन, उनी आफै मख्ख पर्छिन र अनि सबैलाई खुशी तुल्याउछिन। त्यस्तै हो, कुने चलिरहेको कुसंस्कारलाइ परिवर्तन गर्नु पर्दा परम्परावादीहरुको विरोधले गर्दा त्यसमा परिवर्तनवादीहरुले साम, दाम, दण्ड र भेद लगाउनु पर्ने हुन्छ, यी नै हुन सामाजीक द्वन्दको आत्म कथा। अवश्य पनि शिक्षीत र धनि समाजमा भन्दा द्वन्दले गरीबी समाजमा बढी नोक्सान पुर्‍याँउदछ, त्यहाँ जन–धनको ूलै क्षती हुन सक्छ। राम्रो उद्देश्य लिएर जनताले चाहे भने अन्ततः समाजले नयाँ संस्कार र सभ्यताको शुरु गर्दछन्। यद्यपी, समाजमा हुने भौतिक द्वन्दले विनास गर्ने हुदाँ यसलाई समाजले रुचाउदैन भने द्वन्दलाई राम्रो कसैले पनि मान्दैन। तापनि, मानव सभ्यताको विकासक्रममा कुनै न कुनै रुपमा द्वन्द हुन्छ नै, यसलाई टार्न सकिदैन भन्ने ान्दछु।

Morning Shows the day भन्ने वाक्यलाई ध्रुव सत्यको रुपमा लिनु पर्दछ। अर्को भाषामा भन्नु पर्दा अभिभावक, समाज अनि देशले असल बच्चा बनाउन सक्यो भने मात्र त्यस देशको भबिष्य राम्रो हुनेछ। तिनै बालकहरु पछि गएर युवा, अभिभावक र बृद्ध हुनेछन, तिनैले देश बनाउनेछन। यो Natural Cycle हो। समाजमा हरेक पुस्ताका बाल बच्चा असल सोच र इमान्दार हुनु पर्दछ। यसमा क्रमीकता भएन भने intellectual generation gap(बौद्धिक पुस्तामा अन्तर) हुन्छ र यहाँ द्वन्द जन्मिन्छ। यसर्थ, असल बाल बालिका भबिष्यमा असल बाबु–आमा र देशका लागि कर्णधार बन्नेछन् भने उनका सन्तान पनि असल नै हुनेछन्। जसरी एउटा बर्ना (बिरुवा) लाई समयमै मल–जल, गोडमेल गरेर हुर्काए पछी त्यसले उत्तम फल दिन्छ, त्यसैगरी बाल बालिकाको भौतिक जिवन र मासीक सोचमा कुनै चोट पुग्न नदिई हुर्काएमा अवश्य पनि ति बाल बालिकाले घर–परिवार तथा देश विदेशमा श्रीबृद्धि गर्नेछन।

मान्छेमा बिशेषत ५ बर्षको उमेरसम्म आफ्नो बौद्धिकता (intelligence) बिकास भै सकेको हुन्छ। यसपछि उसका घर–परिवार, बिद्यालय, समाजले सिकाएको ज्ञान (knowledge) प्राप्त गर्ने तह शुरु हुन्छ। यो तह एकदमै Sensitive हुन्छ। "First impression is the last impression" भन्ने उक्ति बाल बालिकामा बढी लागू हुन्छ। बच्चा उमेरमा उनीहरुको दिमागमा जे छाप पर्‍र्यो मेटिदैन। साच्चै भन्ने हो भने बच्पनमा छाप परेका कुराहरु एउटा ब्यक्तिको दिमागमा भएको शिलालेख मान्न सकिन्छ। यसलाई मेट्न धेरै गार्‍हो पर्छ, अनि मनोविज्ञहरुले ूलो कसरत गर्नु पर्दछ। त्यसमा पनि केहि भर हुदैन। यसर्थ बाल–बालिकामा Negative Impact पर्न दिनु हुन्न, उनीहरुलाई Positive Impact जस्तोः मेहनती बन्ने, अनुशासीत र सहयोगी हुने, इमान्दार र जिम्मेवारी हुने, स्वाबलम्बी र आत्मविश्वासी हुने, काम गरेर सम्मान पाइन्छ भन्ने धर्म र संस्कृतिको महत्व देखाउने, बिद्या र बुद्धिलाई

प्राथमिकता दिने मिलेर बस्ने जस्ता पक्षमा प्रेरणा दिनु हो। त्यस्तै Negative Impact भन्नाले समाजले नविकार्ने जस्तैः घरमा झगडा, कुटा–कुट, चोरी–चकारी, परिक्षामा चोर्ने, हत्या–हिंसा, झु ो कुरा गर्ने, केटा र केटीले एक अर्काले जिस्काउने, अनुशासनहिन काम गर्ने, जहाँ पायो त्यही फोहोर गराउने जस्ता आदी घटनाहरु देखेर वा सुनेर बच्चामा त्यही कुरो गर्ने बानी बस्दछ। किनकी उनीहरुले ति नकारात्मक कार्यहरु पनि गर्नु हुने रहेछ भन्ने सोच लिन्छन। यसर्थ माथीका बुदाहरुलाई मनन गर्दा द्वन्द भनेको नकारात्मक पक्ष हो र यसले बाल बालीकाहरुमा पनि हिस्रक मनोभावना बढाउछ भने डर–त्रास श्रृजना पनि गर्दछ। जसबाट कलिलो दिमागमा नकारात्मक सोच बढेर अन्ततः त्यो बालक भविष्यमा गएर आमा–बाउ, परिवार तथा समाजकोलागि  बोझ मात्र हुन।

भौतिक द्वन्द (Physical Conflict) मा झगडा, लुटपाट, हतियारको प्रयोग, काटामार, एउटा जातीले अर्को जातीलाई मार्ने, शक्ति नै सबैथोक हो भन्ने भावना बढाउने, सामाजिक बिखण्डन ल्याउने, पुल–पुलेसा, घर–कार्यालयको आगजनि तथा तोडफोड गर्ने, अपहरण र निर्मम हत्या गर्ने, घर–समाज, बिद्यालयहरुमा बिपक्षहरुले युद्ध स्थल बनाउने, सामाजिक अनुशासन नमान्ने, डर–त्रास देखाउने, जबरजस्ती बाल बालिकाहरुलाई बिद्रोहीहरुले सेनामा भर्ना गर्ने, भरिया बनाउने, लुटेर खाने र अन्ततः देशमा शिक्षालाई वास्तै गरीन्न र युद्धलाई प्राथमिकता दिइन्छ। अनि पढाई हुदैन, बाल बालिकाले पढ्न पाउदैनन्। त्यस देशमा intellectual generation gap बढ्छ। त्यसपछि देशमा समझदार हाईनन मूर्ख र असमझदार जनशक्ति पैदा हुन्छन।

बाल बालिकाले टेलिभिजन, रेडियो, पत्र–पत्रिका, कुराकानी, प्रत्यक्ष आँखाले देखेर द्वन्दको नकारात्मक शिक्षा पाउछन्। प्रत्यक्ष र टेलिभिजनमा देखिएका मार–काट, हत्या–हिंसा, लुट–पाट, लडाईले बाल बालिकाको जुन समुहमा त्रास पैदा हुन्छ, तिनीहरुमा depression शुरु हुन्छ र ति बाल बालिकाको उत्साह र उमंगमा धमीरो लाग्नेछ। अनि सधै झोक्राउने, न्याहुरो हुने, एक्लै बस्ने, नखाने, नपढ्ने, तर्सनि आत्तीने गर्दछन्। यसो हुनु भनेको जीवनको बर्बादी हो, त्यसै गरी बाल बालिकाको जुन समुहले द्वन्दका नकारात्मक स्वरुपलाई यस्तै हो, यो गर्न हुने काम रहेछ भनेर पचाँउदछन् र ति बाल बालिकाहरुमा एकदम निर्दयी, अपराध, बन्दुक नै सबैथोक हो, लुटपाट गर्न मान्छे मार्ने, भत्काउने, नास्ने खालको मानसीकता बिकास भै समाजमा आतंकवादी बिद्रोह माथी प्रति–बिद्रोहको जन्म हुन्छ। त्यसपछि देश failure state मै अझै state of terror बन्नेछ। यसर्थ यस पक्षको पनि व्यक्तिगत जीवन बर्बाद हुन्। बिद्यालय बनाउने, पढ्न जाने, बिद्यालय बढाउने भन्दा भत्काउने र बाल सैन्यको संख्या बढ्न गई देशको शैक्षिक जनशक्ति बर्बाद हुन्छ र लुटेर खाने अनि मान्छेले मान्छे मारेर आफुलाई ूलो देखाउने होड चल्दछ।

अन्तमा, द्वन्दले मुख्यतः बाल बालिकाको कलिलो दिमागलाई पहिलो तारो बनाउदछ। किनकी उनीहरुमा जे देख्यो त्यही िक हो भन्ने र नक्कल गर्ने बानी हुन्छ। द्वन्दले बाल बालिकालाई सधै नकारात्मक सोच बढाउछ र अन्ततः उनीहरु समाजमा बोझ बन्नेछन्। यो समुहमा िक बे िक छुट्टयाउने विवेक भन्दा पनि तातो रगत उम्लेन गुण भएकोले जुन सुकै देशको बिद्रोहीहरुले पनि उनीहरुलाई उक्साएर  बिभिन्न फाईदा देखाई ति बाल बालिकाको अबोध अवस्थाको फाईदा उ ाई युद्धमा प्रयोग गर्छन। बाल बालिकाको उम्लेको रगत अबोध मनोस्थिती र जोसबाट फाईदा लिई आफ्नो स्वार्थ सिद्धि गर्नु कुनै पनि द्वन्दरत समुहको बेइमानी हो। बालबालिका अबोध हुन्छन् र निश्छल पनि। यसर्थ उनीहरु देवी देवता सरह हुन सबैले माया गर्नु पर्दछ। द्वन्दको प्रभाव पर्न दिनु हुन्न र उनीहरुलाई पढ्ने र योग्य नागरिक भई एउटा वयस्क नागरिक बन्ने अवसर प्रदान गरिनु पर्दछ। बाल अधिकारको सबैले सम्मान र संरक्षण गरौं।