नेपाल र बेलायतको मितेरी र्साईनो

डा. प्रेमसिंह बस्न्यात

नेपाल र अंग्रेज युद्ध हुनु अगाडी भारतमा पनि नेपालमा झै स साना राज्य थुप्रै थिए । यी राज्यहरुमा आपसमा झै झगडा भई नै रहन्थ्यो । श्री ५ पृथ्वीनारायण शाहको नेपालको पुर्वी एकिकरणपछि उहांको कान्छा छोरा बहादुर शाहले पश्चिमी एकिकरणमा ुलो सफलता प्राप्त गरी सतजलसम्म नेपालको अधिकारमा आएको थियो । त्यसै गरी अंग्रेजहरु पनि उपनिवेश विस्तारको सिलसिलामा भारतमा प्रवेश गरी विभिन्न राज्य रजौटालाई बल छल र कपटद्धारा प्रभुत्व जमाउदै थिए । अंग्रेजहरु उत्तर -पुर्व च्याप्दै थिए भने नेपालीहरु दक्षिण- पश्चिम च्याप्दै थिए । ती अंग्रेज भन्दा पहिला नेपालीहरु सतजल, कांगडा, कुमाउ आदी स्थानमा शासक भई बसिसरकेका हुदां शुरुमा अंग्रेजहरु नेपालीहरुलाई मान मर्यादा र नरमपन देखाई आफ्नो औपनिवेसिक जाल बुन्दै थिए । किनभने गोर्खाली सेना र तिनको बहादुरीताको परिमाण अंग्रेजहरुले भोगेका र सुनेका थिए ।

यमुना सतलजमा नेपाल सरकार र लुधियानमा अंग्रेज सरकारको राज थियो । यसै बीचमा कांगडा र पन्जाव दुइ शक्तिशाली राज्य थिए । कांगडा र त्यहांको राजा संसार चन्द नेपालीको बलियो शत्रु थियो भने पन्जाव र त्यहांका राजा रणजित सिंह अंग्रेजको बलियो शत्रु । ती दुवै राजा र राज्यहरुलाई पतन गराउन, सतलज बागलमा बसेका बडाकाजी अमरसिंह थापालाई कांगडाको राजा संसार चन्दलाई हराउन उतिकै आतुरी परेको थियो । लुधियाना का माण्डौबाट २६६ कोस जति उत्तर पश्चिममा पर्छ । यर्सथ, गोरखालीहरुसंग सम्बन्ध राख्न र नेपालीको आन्द्राभुडी थाहा पाउन अंग्रेजहरु अनेक दाउ हेदै थिए । त्यस्तै नेपाली शासकहरु पनि अंग्रेजसंगको सम्बन्ध भए बेश हुने कुरो सोच्दै थिए । यसै परिस्थितीमा एक अर्काका दुतहरुको समन्वयबाट बडाकाजी अमरसिंह थापा र अक्टरलोनीको नेपालकै भुमिमा भेटघाट भयो । यस भेलालाई मैत्री सम्बन्धमा बदल्नलाई दुवै तर्फो प्रस्तावबाट "मितेरी र्साईनो" को सिर्जना भयो । सन् १८२३ (वि.सं. १८७० साल कार्तिक २७ गतेको दिन) मा बडाकाजी अमरसिंह थापाको छोरा रामदास थापा र कर्णेल डेभिड अक्टरलोनीको छोरा अक्टरलोनी जुनियलाई मीत लगाई दुवै नेता मीत -बाबुको र्साईनोमा बाधिए र नेपाल र बेलायतमा मितेरी मुलुक भए । यसमा अंग्रेजको कपट र दुरदर्शिता सोझो नेपालीलाई थाहा भएन । जुन "मितेरी र्साईनो" कै जगबाट अंग्रेजहरुले नेपालीहरुलार्य सन् १८१४ (वि.सं. १८७१) को नेपाल अंग्रेज युद्धको श्रीगणेश गरी सन् १८१६ (वि.सं. १८७३) को सुगौलीको सन्धीसम्मको इतिहास बनायो । यर्सथ यो "मितेरी र्साईनो" ले नेपालको कुटनैतिक र सैनिक इतिहासमा महत्वपूर्ण भुमिका खेल्दछ ।

अमरसिंह र अक्टरलोनीको मित्रता आरम्भ

बडाकाजी अमरसिंह थापा नेपाल दरवारका एक कुशल भारदार तथा सीप भएका प्रशासक थिए । त्यो भन्दा पनि ुलो उनी एक प्रतिष् ित प्रधानसेनापति समेत थिए । यर्सथ उनलाई आफ्नो आत्मसम्मान र अंग्रेजसंग कुम जोड्न पर्ने कुराले बडो दुविधा बनाएको थियो । यस मितेरी र्साईनोको कुरा गर्नमा अक्टरलोनी र उनको सहयोगीहरुकै बढी उत्सुकता देखिन्छ । किनकी अंग्रेज राम्रोसंग जान्दथ्यो कि "एकै पटक दुइ बेग्लाबेग्लै शत्रुसंग लडन् सकिन्न" यता बडाकाजी अमरसिंह थापा पनि अंग्रजले मान दिएर कर्णेल अक्टरलोनी आफै उनलाई भेट गर्न आउने कुराले गर्व बढेकेा थियो । काजी अमरसिंह थापाको मातहतमा त्यसबेला सैनिक र गैह्र सैनिक गरी थुप्रै सहयोगी व्यक्तिहरु थिए । बास्तवमा भन्ने हो भने तत्कालिन सैनिकहरुले नै प्रशासनिक कामसमेत गर्दथे । ती मध्येका कप्तान भक्ति थापा, अर्जुन थापा, लक्ष्मणवीर शाही, रेवन्त कुंवर, रामदास थापा, सरदार निर्भयसिंह थापा, कृष्ण मुन्सी, जमदार रामकृष्ण खत्री, निहाल गिरी आदि थिए । जमदार रामकृष्ण खत्री र निहाल गिरीले त्यस मितेरी र्साईनो मा दुतको काम गरेका थिए । यर्सथ काजी अमरसिंहले भारदारी सभा गरी अंग्रेजसंग के कसो गर्ने र कुन ांउमा भेट्ने भनी निधो गरे ।

भेट गर्न निधो भएको ांउ टक्सार थियो । टक्सार बघाटबाट १ दिनको बाटो छ । यी सतजलर् इलाकामा भएका नेपालको बाह्र कुर्राई राज्य मध्येको एक इलाका थियो । सन् १८१३ (वि.स. १८७० कार्तिक २७ गते) मा त्यसै इलाकामा भेट गर्ने भनि सरदार निर्भयसिंह थापा र कृष्ण मुन्सीलाई कर्नेल अक्टुरलोनी कहां ल्याउने जिम्मा पाएका थिए । यसरी वि.सं. १८७० कार्तिक २५ गते सोमबारका दिन काजी अमरसिंह थापा आफ्नो भारदार, केही फौज र सौगातका समान सहित हिडी बघाटमा बसी भोलिपल्ट २६ गते टक्सार पुगे र अक्टरलोनीका प्रतिक्षामा रहन लागे । उता अक्टरलोनी पनि उनको मुकाम लुधियानाबाट हिडी कार्तिक २६ गते नै पन्जोर भन्ने ांउमा आई बसेका थिए । नेपाली दुत निर्भयसिंह थापा र कृष्ण मुन्सी अनि अंग्रेजी दुत बर्गत अलखिको सल्लाह र दुवै नेताहरुको स्वीकृती पछि टक्सार पन्जेारको वीच दुवैलाई १/१ कोस जति हिड्न पर्ने बत्ति पारी भेट गर्ने निधो भयो । तर त्यो ांउ नेपाल सरहदभित्र पर्दथ्यो । कार्तिक २७ गते कर्णेल अक्टरलोनी आफ्ना सबै फौज असवावहरु र भारदारलाई पन्जोर मै छोडी आफु, छोरा अक्टरलोनी जुनियर र कप्तान भोर सहित ६ वटा हात्ति, १० घोडा र केही नोकरचाकर मात्र लिई पन्जोरबाट टक्सारतर्फहिडे । त्यो कुरा काजी अमरसिंहले थाहा पाई उनले पनि अन्य फौज तथा समान टक्सार डेरामा नै छोडी रामदास थापा, अर्जुन थापा, लक्षविर शाही, रेवन्त कुंवर साथमा १२० जना जति सिपाहीहरु लिई गए । बडा काजी अमरसिंह र कर्णेल अक्टरलोनीको भेट भयो त्यस पश्चात एक अर्काको अभिनन्दन भयो ।

दुवै पक्षको भला कुसारी शुरु भयो । बा ो अंग्रेजले नेपालीहरुको बहादुरीताको गुनगान गरे । कांगडा, पन्जाव र अन्य रजौटाहरुको विषयमा आलोचना समालोचना गरियो । नेपालीहरुले त्यस बखतसम्म अंग्रेजको विपक्ष भई काम नगरेको बरु पक्षमै गरेको उदाहरणहरु अंग्रेजले प्रस्तुत गर्‍यो । काजी अमरसिंहले पनि आफ्नो मनासाय प्रस्ट्याए । अमरसिंह र अक्टरलोनीको भेटघाटको निष्कर्षाट अब दुवै हितैषी र एक अर्काको शुभचिन्तक हुने प्रण गरे । जुन कुरा स्थानिय राजा रजौटाहरुले थापा पाउन र नेपाल अंग्रेजको सम्बन्धबाट तर्सिउन् भन्ने इच्छा थियो । जुन सम्बन्धको गां ो बलियो पार्न पूर्व नियोजित योजना अनुसार दुवै नेताहरुको छोरा-छोराको मीत लगाउने र पगरी साटासाट गर्ने निर्णय भयो । अमरसिंह थापाको छोराहरु मध्य अलि जंगी स्वभावका भएकोले अर्जुन थापासंग अक्टरलोनीको छोराको मीत लगाउने प्रस्ताव आयो । तर दौतर हेर्दा निक्कै जे ा कान्छा देखिने हुनाले पछि रामदास थापासंग चाही एक-अर्काको पगरी बदली मीत लगाईयो । यो मुहुर्त वि.सं. १८७० कार्तिक २७ गते बुधवार अपरान्हको थियो । मीत लगाई पगरी बदल्दा छोरा अक्टरलोनीले रामदासलाई पगरी १, दोसल्ला १, किषाण १, पगरीमा बाध्ने जडाउको श्रीपेच दोपडा १, बनारसी अष्टलस (ज्यादै नरम रेसमी कपडा) १, रुमाल २ र असर्फी चढाएका थिए । त्यसै गरी रामदासले पनि अक्टरलोनीलाई पगरी १, दोसल्ला १, किषाण १, किचिन १, मलमल २, असर्फी र ताजी घोडा १ चढाए ।

मीत लगाईसकेपछि रामदास थापाले १ असर्फी राखी मित बुवा कर्णेल अक्टरलोनीलाई सलाम गरे । उत जुनियर अक्टरलोनीले पनि असर्फी १ लिई सलाम नगरेर अमरसिंह थापाको अगाडी अनकनाई रह्यो । एकछिनपछि उनले मुन्सी (दुत) बर्गत अली खांसंग सल्लाह गर्दा अली खांले अमरसिंहलाई अंग्रेज साहेवहरुले अहिलेसम्म कसैलाई पनि सलाम गरेको छैन, बरु असर्फी र (कर्नेल अक्टरलोनी) बाबुलाई नै राखी सलाम गरिनेछ भन्दा झटपट बा ा कर्णेल अक्टरलोनी उ ि यो कुरा हुन सक्दैन, काजीको छोराले मेरो सलाम गरेपछि मेरा छोराले पनि काजीको सलाम गर्ने पर्छ भनि गाली गरि काजी अमरसिंहलाई छोरा अक्टरलोनीद्धारा सलाम गर्न लगाए । यसबाट केही क्षण त नेपालीमा अंग्रेज घमण्डताको चिसो लाग्यो । तर बा ा अक्टरलोनीले आफ्नो छोरा र दुत अली खांको कच्चा बुद्धिको दोष देखाई कुरा टुङग्याए । त्यसपछि काजी अमरसिंह थापाले कर्णेल अक्टरलोनीको टोलीलाई र्सवाग ३ (मृग जस्तै पशुको टाउको देखि पुच्छरसम्मको छाला), जिउंदो कस्तुरी १, विना ९ वटा र च्याखुरा २१ वटा कोसेली दिए । पुनः नेपाल अंग्रेजको मित्रताको गां ो कस्सिएको खुसीयाली प्रटक गरियो । अक्टरलोनीले पनि अमरसिंहलाई भौतिक सामानहरु उपहार दिन लाग्दा षिलत (उपहार) हामी लिन्याछौन हामीलाई दोस्ती रहन्या काम भया हुन्छ भनी उपहार लिएनन् । त्यसपछि अंग्रेजटोली पन्जोर र्फके भने नेपाली टोली टक्सार तर्फ। उक्त मितेरी समारोहमा २७ गते उपस्थित हुन नसक्ने भारदारहरु कार्तिक २८ गते अक्टरलोनीसंग भेट गर्न पन्जोर जानेमा कप्तान भक्ति थापा, अन्य भारदार र १२ सय जति फौज पनि थिए । यस भेटमा नेपालीहरुको राम्रो सम्मान गरिएको थियो ।

मितेरी र्साईनो भित्रको स्वार्थ
तत्कालिन भारतमा विभिन्न राजा-रजौटाहरु थिए । तिनीहरु एक अर्कामा लर्डाई-भिर्डाई गर्ने र मेलमिलाप थिएन । यसै बेला नेपालीहरुले कुमाउ, गढवाल, मुसुरी, नैनीताल, सतजल आदिर् इलाकासम्म कब्जा गरिसकेका थिए भने अंग्रेज पनि आफ्नो राज्य विस्तार गर्ने क्रममा विविध स-साना राज्य जित्दै नेपालीहरुको आसपासमा आईपुगेका थिए । फौज, हतियार र धनमा अंग्रेज बलियो थियो भने युद्धकला र बहादुरीतामा नेपालीहरु धनी थिए । यसरी एक-अर्का र्सप र विच्छीको रुपमा थिए । आ-आफ्नो स्वार्थ सिद्ध गर्दा एकले अर्कामा बाधा नपुर्‍याओस भन्ने चाहन्थे । एकै पटक दर्ुइ शत्रुसंग लड्ने दुवैको विचार थिएन ।

बडाकाजी अमरसिंह थापाको भावना

उनी सतलज र यमुनासम्म पुगी अगाडी बढ्न सकेका थिएनन । किनकी कांगडासम्म उनको युद्ध प्रयास जारी नै थियो । त्यहांका राजा संसार चन्दले अमरसिंह थापाको आंखामा छारो हाली नेपालीहरुको लागि कांगडा जित्न अप् ्यारो पारेका थिए । सन् १८०६ -वि.सं. १८६३) मा कांगडा किल्ला दख्खल गर्न अगाडी बढ्दा जनरल भिमसेन थापाका भाई नैनसिंह थापाको मृत्यु भएको थियो । त्यसपछि स्वयं अमरसिंह थापाले त्यस किल्लालाई तिन बर्षसम्म घेरेर बसे । तैपनि संसार चन्द अडी नै रहे । एक दिन संसार चन्दले अमरसिंह थापालाई ‘११ दिनको भाखा पाए म आफ्नो रानी र सन्तानलाई मात्र किल्ला बाहिर निकाल्ने थिए’ भनि चि ् ी लेखि अनुरोध गर्दा अमरसिंहले भाखा दिए । संसार चन्दले रानी र समान त बाहिर निकाले तर एक रात अंगरक्षकहरु सहित बाहिर निस्की पन्जावको राजा रणजितलाई भेटी सुटुक्क रणजितलाई पनि किल्ला भित्र छिराए । यसरी रणजित सिंह संसार चन्दलाई मद्धत गर्न आएकोले नेपाल देखि चिढीएका अन्य रजौटाहरुपनि संसार चन्दकै पक्षमा मिली रणजित सिंह, संसार चन्द र अन्य रजौटाहरुको संयुक्त फौजले नेपालीहरुलाई हर्राई सन् १८०९ (वि.सं. १८६६) मा कांगडा किल्ला रणजित सिंहको हातमा पार्यो । यसरी राजा संसार चन्दको धोकादारी भाखा अनुरोधले मार खाएका काजी अमरसिंह थापा किल्ला कांगडामा विजय गर्न चाहन्थे । यसमा उनलाई एक शक्तिशाली मद्धतको खांचो थियो । यो खांचो पूर्ति अंग्रेजबाट हुन सक्ला भनि उनले ानेका थिए । तर धर्ुत अंग्रेजको भने नेपाल प्रति सहयोग गर्ने भावना नै थिएन । अंग्रेजहरु सतलज र कागडार् इलाकामा नेपालीको उपस्थिती नरहोस भन्ने चाहन्थे । काजी अमरसिंहले कांगडामा पुनः हमला गर्न मनसुवा लिई पन्जोरमा गई कर्णेल अक्टरलोनीसंग मद्धतको कुरा गर्दा अक्टरलोनीले ‘अहिले हमला गर्नु िक छैन’ पहाडमा जहां लड्छौ लड तर यहांको हकमा मद्धतको अर्थलाई हामी सिखलाई पनि दिन्या छैनौ, तिमीहरुलाई पनि दिन्या छैनौ भन्यो भनी काजी अमरसिंहले लेखेको पत्रमा पाईएको छ । यसरी अमरसिंहले मितेरी र्साईनोबाट फाईदा उ ाउन सकेको थिएनन ।

कर्नेल डेभिड अक्टरलोनीको भावना
यी बडो बा ा अंग्रेज थिए । नेपाल अंग्रेज युद्धमा यिनले ुलो सफलता प्राप्त गरेका थिए । यिनी मुखले मि ो बोल्ने कामले कैची मार्ने खालका थिए । सन् १८१२ -१२ वि.सं. १८६९/७०) ताका भारतमा अंग्रेजहरुले निकै रजौटाहरुलाई जिती थुप्रै शत्रुता पनि कमाई सकेका थिए । ती धपाईएका रजौटाहरु कोही सतजल, कोही कुमाउ र कोही पाल्पा आदिर् इलाकामा पसी अंग्रेजको विरुद्ध मान्छे भडकाई विभिन्न आतंककारी काम गर्दथे । कती राजा रजौटा त सैन्य नै भर्ना गरी अंग्रेज र तिनका र्समर्थक रजौटासंग लड्न पनि जान्थे । त्यस ताका अंग्रेजले लिई नसकेका तर कमजोर रजौटाहरु अंग्रेजको विरोधमा कुनै व्यक्तिहरुसंग मिल्न चाहन्थे । यो अंग्रेजको लागि खतरा थियो । पन्जावको राजा रणजित सिंह र नेपाली प्रशासक काजी अमर सिंह थापा नै अंग्रेजको लागि भयको विन्दु थिए । यर्सथ नेपाल तर्फो डरबाट टाढा रहनु अति आवश्यक थियो । रामपुरको नवाव गंला महमद खां उजेरली अवधको नवाव वजिर अली, मैसुरका राजा टिपु सुल्तान जस्ता बहादुरहरु अंग्रेजको शक्तिसंग टिक्न नसकी भागी नेपालीहरुको सहयोगकाट पुनः आफ्नो राज्य फिर्ता गर्न चाहन्थे । यो कुरा अंग्रेजले राम्ररी बुझेका थिए । यर्सथ काजी अमरसिंह थापाको छोरासंगको मितेरी र्साईनोबाट फाईदा उर् ाई अक्टरलोनीले काजीसंग अनुरोध गरी पाल्पाका शासक भिमसेन थापाका पिता जनरल अमरसिंह थापा, गढकुमाउंका शासक चौतरीया बम शाह, का माण्डौ दरवार आदि ांउका अंग्रेजको विरुद्ध नेपाल भुमिका कुनै पनि आतंककारी काम नहोस र अंग्रेजका विरोधी भारतिय राजा रजौटालाई पक्री वा टाउको काटी अक्टरलोनी कहां बुझाउनु भन्ने चि ी लेखि प ाएको र नेपाल सरकारबाट पनि सोही आदेश दिईएको थियो । यसरी अंग्रेज निर्भयका साथ भारतमा उपनिवेश बढाउदै थियो ।

अर्का कुरा अक्टरलोनीलाई भविष्यमा नेपालसंग लड्नु पर्छ भन्ने थाहा थियो । नेपालीको युद्धकला र बहादुरीताको फल अंग्रेजले थाहा पाई सकेको पनि थियो । यर्सथ उनी नेपालीहरुको संग नमा पसी नेपाली सेनाको बास्तविकता बुझ्न र नेपालीसंग हेलमेल गर्ने बाटो खोज्दै हिडेका थिए । उनी काजी अमरसिंह कहां निहुरियर आई मितेरी र्साईनो बांधी यो बाटो पनि खुल्ला गर्न सफल भएका थिए । यसरी यस सम्बन्धबाट अंग्रेजले धेरै फाईदा उ ाएको थियो । तुलनात्मक रुपबाट हेर्दा नेपालको राजनैतिक सैनिक र कुटनैतिक इतिहासमा यो मितेरी र्साईनोले चिरस्मरणीय भुमीका खेल्यो । श्री ५ पृथ्वीनारायण शाह र राजकुमार बहादुर शाहको नेतृत्वमा आर्जेको विशाल नेपाललाई मेची-महाकालीको सांध दिन यो मितेरी र्साईनो मुख्य जिम्मेवार छ । किनकी श्री ५ पृथ्वीनारायण शाहकै पालामा गोदाई खाएका अंग्रेजहरुले गोर्खाली देखि तर्सेका थिए । तापनि नेपालसंग बदला लिन चाहन्थे । तर यो कुरा सजिलो थिएन । कुनै पनि सेनाको आनीबानी थाहा नपाई बदला लिन सकिन्दैन ।
आफ्नो गुह्य थाहा पाउंछन भनि श्री ५ पृथ्वीनाराण शाहले फिरंगी देखि सधां टाढा रहनु भनेका थिए । बाह्र कुर्राईको टक्सारमा भएको यस मितेरी र्साईनोबाट नेपाललाई अंग्रेजी खोईरो सल्क्यो ।
अंग्रेजलाई नेपालीको सोझोपन, सैनिक, आर्थिक र राजनैतिक स्थिती बुझ्न यस र्साईनोले ढोका खोल्यो । किनकी सन् १८१४ -वि.सं. १८७१ बैशाख २८ गते) मा मीत छोरा रामदास थापाको उपचार गर्ने निहुंले एक जना सैनिक डाक्टर र केही व्यक्तिहरु अक्टरलोनीले अमरसिंह कहां प ाए । यो टोली दुइ हप्ता बसी नेपालीहरुको एक-एक ांउ निरीक्षण गरी छिमेकी नेपाली सेनापतिहरु र नेपाल दरबारको बास्तविकताको खबर लिई अक्टरलोनी कहां फर्क्यो । त्यसपछि कर्नेल अक्टरलोनीले आफ्नो सरकार र सहयोगी सेनापतिहरुमा नेपालीको विषयमा प्रचार गर्न थाले । सतजलर् इलाकामा मात्र नभई पाल्पा, गढकुमाउं आदि क्षेत्रमा पनि रामदासको मीतबुवाको नाताले अंग्रेजहरु सेनापतिहरुसंग भेट गरी जासुसी गर्न थाले । गढकुमाउंमा अंग्रेज कप्तान हियर्सर्ीीोगीको भेषमा पसेपछि जासुसी गर्न लागेको शंकाले जोगी होईन भनी समात्दा पोल खुलेको थियो । तर अंग्रेजको अनुरोध र नेपाल सरकारको आदेशले छाडियो । हुन त सन् १७९२ -वि.सं. १८४९) मा कम्पनी सरकारका दुत भई कर्कप्याटि्रक र सन् १८०२ -वि.सं. १९५९) मा हेमिल्टन आई नेपालको विषयमा थुप्रै जासुसी गरी अंग्रेज सरकारकहां गएका र पछि नेपाल सम्बन्धि कितावहरु पनि छापेका थिए । तापति ती खबरभन्दा पनि वि.सं. १८७०।७१ तिरको खबर र त्यो भन्दा पनि लर्डाईको मैदानमा शत्रु आई मितेरी र्साईनोको नाताबाट हुबहु कुरा थुत्न पाउनु अंग्रेजको लागि बढी महत्वपूर्ण थियो । विविध पुर्वाधार तयार पारी बल, छल र कपटले आखिर वि.सं. १८७१ कार्तिक १८ गतेको दिन लखनउबार्टर् इष्र्टर् इण्डिया कम्पनीको गर्भनर जनरल लर्ड हेस्टिङले नेपालसंग युद्धको घोषणा गरी विधिवत नेपाल-अंग्रेज युद्ध शुरु भयो । जुन युद्धमा नेपालको हार भई पूर्वमा टिस्टा देखि पश्चिममा कांगडा सम्म फैलिएको नेपाल मध्ये अरु भाग गुमाउनु परी हाल मेची देखि महाकाली भीत्र नेपाल सिमित हुन परेको छ । ।

सर्न्दर्भ सामाग्री
१. बस्न्यात प्रेमसिंह शाही नेपाली सेनाको भवानीदल गुल्म., का माण्डौः सोनी बस्न्यात तथा हनी बस्न्यात वि.स. ।
२. बस्न्यात प्रेमसिंह. न्यु प्यारार्डाईमर् इन ग्लोबल सेक्युरिटी, सिभिल मिलिटरी रिलेसनर् इन नेपाल, भृकृटी पब्लिकेशन, वि.सं. २०६१ ।
३. बस्न्यात प्रेमसिंह, नेपलिज फोर्ट एण्ड रोयल नेपलिज आर्मीर् इन फोर्ट ब्याटल्स, साझा प्रकाशन, ललितपुर वि.सं. २०६२ ।
४. बस्न्यात प्रेमसिंह, शाही नेपाली सेना र प्रधानसेनापतिहरु, का माण्डौः लक्ष्मी बस्न्यात तथा र्सवाेच्चमानसिंह बस्न्यात, वि.सं. २०५३ ।
५. खत्री, टेकबहादुर शाही नेपाली सेनाकोर् इतिहास, का माण्डौः शारदाकुमारी, वि.सं. २०४१ ।
६. विष्ट, समध्वज शाही सैनिक इतिहास, का माण्डौः नारायणजंग र नरेन्द्रमान, वि.सं. २०२० ।
७. शर्मा, शिवप्रसाद, तुलसीराम बैद्य र त्रिरत्न मानन्धर. नेपालको सैनिक इतिहासः शाही नेपाली जंगी अड्डा, वि.सं. २०४९ ।